www.tandavnews.com
Fact ~ In search of truth

गोरखा वेयफेयरको सहयोगमा बन्दै हिमालय माध्यामिक

गोरखा ।

गोरखाको बारपाक सुलीकोट गाउँपालिका–४ मा एक करोड ७९ लाख २१ हजार सहयोगमा विद्यालय भवन बन्ने भएको छ । गोरखा वेलफेयरको आर्थिक सहयोगमा सौरपानीमा रहेको हिमालय माध्यामिक विद्यालयको भवन निर्माण हुन लागेको हो ।

भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको उक्त विद्यालयमा सुविधा सम्पन्न आठकोठे भवन निर्माणका लागि गोरखा वेलफेयर र विद्यालय व्यवस्थापन समितिबीच सहमतिपत्रमा हस्ताक्षर भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुजन गुरुङले जानकारी दिए ।

“वेलफेयरले पहिले पनि १२ कोठाको विद्यालय भवन निर्माण गरिदिएको थियो, तर माध्यामिकस्तरको विद्यालय भएकाले कक्षा सञ्चालन गर्न कक्षाकोठाको अझै अभाव भएपछि उनीहरूले पुनः भवन बनाइदिने सम्झौता गरेको हो”, अध्यक्ष गुरुङले भने।

सहमतिपत्रमा वेलफेयरका तर्फबाट गोरखा वेलफेयर सेन्टर एरिया वेलफेयर अफिसर श्रीप्रसाद तामाङ, गोरखा वेलयफेयर सेन्टरका इञ्जिनीयर थलबहादुर रानाले हस्ताक्षर गरेका छन भने विद्यालयका तर्फबाट व्यवस्थापन समितिका अध्यक्ष सुजन गुरुङले हस्ताक्षर गरेका छन् ।

आगामी छ महीनाभित्रमा भवन निर्माणको काम पूर्णरूपमा सम्पन्न गर्ने सम्झौता भएको अध्यक्ष गुरुङले जानकारी दिए ।   रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.