www.tandavnews.com
Fact ~ In search of truth

विषाक्त रक्सी खाँदा तीनजनाको ज्यान गयो

रुकुम ।

रुकुम पश्चिम क्षेत्रमा विषाक्त रक्सी खाँदा तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सानीभेरी गाउँपालिका– ९ मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसिकोट नगरपालिका– ११ लहुँ भलाक्चाका ५४ वर्षीय कमानसिंह सार्की र मुसिकोट नगरपालिका १२ नयाँ गाउँका २१ वर्षीय पलबहादुर विकको विषाक्त रक्सी सेवन गरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

“मृतकले ओरेञ्ज नाम लेखिएको बजारमा पाइने रक्सी खाएर सुतेको पाइयो”, उक्त कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले भने, “उक्त रक्सीकै कारण उनीहरुको मृत्यु भएको हुनसक्छ, यसबारेमा थप जानकारी भने शव परीक्षण पछि आउने छ ।”

मुसिकोट नगरपालिका–१२ जुम्लावाङको एक विवाहमा सहभागी हुन आएका उनीहरु सोही ठाउँमै रक्सी सेवन गरी बेलुका सकुशल सुतेकामा बिहान मृत अवस्थामा फेला परेका थिए । उनीहरुसँगै सुतेका अन्य दुईजना भने सकुशल छन् ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक खड्कासहित जिल्ला अस्पतालका चिकित्सककोे टोली घटनास्थल पुगेको थियोे । रासस

सांकेतिक तस्बिर : गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.