www.tandavnews.com
Fact ~ In search of truth

बलात्कारको प्रयास गर्ने यूवक पक्राउ

संजय रेग्मी ,

पर्वत / ताण्डव न्यूज ।

गाउँकै १३ बर्षिया बालिकालाई बलात्कार प्रयास गर्ने एक युवा पर्वतमा पक्राउ परेका छन् ।

पर्वतको मोदी गाउँपालिका ८ चित्रेका २० बर्षिय राजेश नेपालीलाई बालिका बलात्कार कसुर गरेको अभियोगमा प्रहरीले पक्रेको हो । अभियुक्त नेपालीले १३ बर्षिया बालिकालाई मंसिर २६ गते ललाई फकाई गरी करणी प्रयास गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

आफन्तको घरमा जाँदै गरेकी बालिकालाई बाटोमा फकाई उनले करणी सम्वन्धी कसुर गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

नेपालीलाई शनिबार उनकै घरबाट पक्राउ गरिएको थियो । पक्राउ परेका नेपालीलाई पर्वत जिल्ला अदालतबाट यौन जन्य प्रकृतिका अपराध अन्तर्गत करणी सम्वन्धी कसुर मुद्धामा म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.