www.tandavnews.com
Fact ~ In search of truth

दमौलीका अस्पतालमा पत्रकारलाई बीस प्रतिशत छुट

दमौली ।

दमौली अस्पताल विकास समितिले जिल्लाका पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

केही दिनअघि बसेको विकास समितिको बैठकले पत्रकारलाई अस्पतालमा लाग्ने उपचार खर्चमा २० प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । सूचना विभागबाट जारी प्रेस परिचयपत्रका आधारमा पत्रकारलाई ल्याब, टिकट, एक्सरे, दन्त सेवालगायतमा छुट दिने निर्णय भएको छ ।

उहाँले भन्नुभयो, “राज्यको चौथो अङ्गका रुपमा रहेका पत्रकारलाई बिरामी हुँदा उपचारमा केही सहजता होस् भनेर यस्तो निर्णय गरेका हौँ ।” अस्पताल विकास समितिले पूर्ण अपाङ्गता भएका व्यक्तिलाई फार्मेसीबाहेकका सेवामा शत प्रतिशत तथा कम अपाङ्गता भएकालाई ५० प्रतिशत छुट दिने निर्णण समेत गरिएको छ । “अस्पताल आउने बिरामीलाई यहाँको वातावरण देखेर नै मानसिक रुपमा स्वस्थ भएको महसुस गराउन सरसफाइ अभियान थालेका छौँ,” अधिकारीले भने । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.