www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओलीद्धारा गिरीप्रति श्रद्धाञ्जली

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले केहीबरअघि ट्विट गर्दै पूर्व प्रधानमन्त्री गिरीको निधनको खबरले आफूलाई दुःख लागेको र यस घडीमा स्व. गिरीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । पूर्व प्रधानमन्त्री गिरीको आज बिहान उनकै निवास बूढानीलकण्ठमा ९३ वर्षको उमेरमा निधन भएको हो । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.