www.tandavnews.com
Fact ~ In search of truth

महानगरले भत्कायो मुस्ताङचोकको आइल्याण्ड

 

पोखरा ।

बढ्दो सहरीकरणका कारण ट्राफिक व्यवस्थापनमा कठिनाई पर्नुका साथै सम्भावित दुर्घटना न्यूनीकरणका लागि पोखराका मुख्यचोकका आइल्याण्ड हटाउन काम जारी रहेको छ ।

पोखरा महानगरपालिकाले सञ्चालन गरेको अभियान अन्तर्गत आज मुस्ताङचोकमा रहेको आइल्याण्ड हटाइएको महानगरका प्रवक्ता गङ्गालाल सुवेदीले जानकारी दिए । आज बिहानै स्थानीय जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी र सुरक्षाकर्मी सहितको उपस्थितिमा दुईवटा डोजरमार्फत आइल्याण्ड भत्काइएको थियो ।

पोखरा विमानस्थलको नजिकै रहेको आइल्याण्डमा नेपाल क्युनिष्ट पार्टीका नेता स्वर्गीय चित्रबहादुर गुरुङको अर्धकदको सालिक छ । आइल्याण्डलाई सानो बनाएर स्व .गुरुङको सालिक सोही स्थानमा राखिने प्रवक्ता सुवेदीले बताए ।आइल्याण्ड परिसरमा रहेका सिसौका रुख समेत हटाइनाका साथै पृथ्वीचोक, बिरौटाचोक, जिरो किलोमिटर, अमरसिंहचोक, वीरेन्द्रचोकका आइल्याण्ड यसअघि नै साघुँरो बनाइ सडक फराकिलो बनाइ सकिएको छ ।  रासस

तस्बिर :माधव बराल

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.