www.tandavnews.com
Fact ~ In search of truth

तस्करले लुटे प्रहरीका हतियार

 

वीरगञ्ज ।

पेट्रोलियम पदार्थको तस्करी रोक्न खोज्दा गएराति ३ बजेतिर प्रहरीचौकी पाङ्डेपुरका प्रहरीलाई तस्करले कुटपिट गरी हतियार लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Batas

स्थानीय औरही खोलाको बाटो हुँदै सीमावर्ती भारतको इनर्वा बजारतर्फ भारी मात्रामा पेट्रोलियम पदार्थको तस्करी भइरहेको प्राप्त सूचनाका आधारमा प्रहरी चौकी पिडारीगुठीबाट गएको प्रहरी टोलीले रोकन खोज्दा तस्कर र प्रहरीबीच विवाद शुरु भएको थियो । प्रहरीचौकी पाङ्डेपुरबाट थप तीनजना प्रहरी घटनास्थल पुगेपछि विवाद झन चर्किन जाँदा करीब ४० जनाको सङ्ख्यामा रहेका तस्करले प्रहरी जवानलाई लाठी, भाटाले कुटपिट गरी एकनाल थ्रीनट थ्री बन्दुक लुटेर फरार भएका छन् ।

तस्करको कुटाइबाट प्रहरी चौकी पाङ्डेपुरका प्रहरी सहायक निरीक्षक विष्णुदेव यादव, प्रहरी जवान प्रेमबहादुर राणा र अर्जुन चौधरी घाइते भएका छन् । घाइतेको नेशनल मेडिकल कलेज र न्यूरो अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।

तस्करहरुको खोजीकार्य जारी रहेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.