www.tandavnews.com
Fact ~ In search of truth

लागुऔषध सहित उदयपुरका आर्यन बेनीबाट पक्राउ

पोखरा ,
ताण्डव न्यूज ।

बेनी नगरपालिका – ८ बसपार्कबाट लागु औषध सहित एक युवक पक्राउ परेका छन् । उदयपुरको कटारी नगरपालिका –१० का २४ वर्षीया आर्यन कार्की लागुऔषध सहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

कार्कीको साथबाट नुर्फिन २४ ऐम्पोल,फेनारागन २४ ऐम्पोल,डाईजेपाम २४ ऐम्पोल गरि ७२ एम्पोल लागुऔषध साथै १ थान प्रयोग गरेको सिरिन्ज समेत प्रहरीले बरामद गरेको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले बताएका छन् ।

Batas

पक्राउ परेका कार्कीमाथि लागुऔषध अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.