www.tandavnews.com
Fact ~ In search of truth

चौथो यूनिप्स खेलकुदको उपाधी वेलनन एकेडेमीलाई

पोखरा,

निजी तथा आवाशिय विद्यालयहरुको छाता संस्था, संस्थागत तथा निजी विद्यालय संगठन नेपाल (यूनिप्स) द्वारा आयोजित “चौथो खेलकुद महोत्सब–२०७५” मंगलबार पोखरा रंगशालामा सम्पन्न भएको छ ।

एक साता चलेको चौथो खेलकुद महोत्सबमा वेलनन एकेडेमीले उपाधी उचालेको छ । वेललनले यूनिप्स खेलकुद महोत्सवमा लगातार तेश्रो पटक उपाधी उचाल्दै उपाधी माथीनै कब्जा जमाएको छ । चौथो खेलकुद महोत्सवमा वेललनले कूल १४३ अंक बटुल्यो भने दोश्रो स्थानमा रहेको एकता सेकेण्डरी ले ११३ अंक, तेश्रो स्थानमा कालिका ईङलिस बोर्डिङले ९० अंक र स्माइल स्मल हेभेनले ६८ अंक सहित सान्त्वना स्थान प्राप्त गर्न सफल रहेको छ ।

खेलकुद महोत्सव अन्र्तगत फुटबल छात्र तर्फ वेलनन एकेडेमी पहिलो, पिनाकल एकेडेमी दोश्रो र कालिका ईङलिस बोर्डिङले तेश्रो स्थान हात पारेका छन । त्यस्तै भलिबल छात्र तर्फ एकता आवाशिय, स्माइल स्मल हेभेन, र वेलनन क्रमश पहिलो, दोश्रो र तेश्रो भएका छन । त्यस्तै छात्रा भलिबलमा होली एञ्जल, एकता आवाशिय र कालिका ईङलिस बोर्डिङ क्रमश पहिलो, दोश्रो र तेश्रो भए ।

त्यस्तै कब्बडी छात्रतर्फ पिनाकल एकेडेमी प्रथम, गेफ सेकेण्डरी द्वितिय र वेलनन तृतिय भएका छन भने छात्रा तर्फ जनकल्याण होली एञ्जल र ज्ञानकुञ्ज, क्रमश प्रथम, द्वितिय र तृतिय भएका छन । कब्बडी खेलको निमाबी तर्फ ज्ञानकुञ्ज, कालिका र होलील्याण्ड क्रमश प्रथम, द्वितिय र तृतिय स्थान हासिल गरे ।

समापन कार्यक्रममा बिजेता विद्यालय तथा खेलाडीहरुलाई शिक्षा बिकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायण प्रसाद सुबेदी, यूनिप्सका संस्थापक अध्यक्ष धु्रब गिरी, यूनिप्स प्रथम उपाध्यक्ष विश्वराज खनाल लगाएतले पदक, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।

यूनिप्स नेपालका केन्द्रिय अध्यक्ष शान्ता बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाई कास्कीका प्रमुख सुबेदीले खेलकुद सभ्यताको एक अंग भएकाले पनि खेलकुदमा सहभागितानै महत्वपूर्ण हुने बताए । कार्यक्रममा कास्की जिल्ला खेलकुुद बिकास समितीका कार्यालय प्रमुख प्रकाश बराल लगाएतले सम्बोधन गरेका थिए ।

संस्थागत तथा निजी विद्यालय संगठन नेपाल (यूनिप्स) द्वारा आयोजित चौथो यूनिप्स खेलकुद महोत्सबमा १८ विद्यालयका ३ हजार विद्यार्थीहरुले विभिन्न खेलका ४७ वटा इभेन्ट्समा सहभागिता जनाएका थिए । प्रतियोगिताहरु लेखनाथ स्थित आर्दश खेल मैदान र पोखरा रंगशालमा आयोजना गरिएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.