www.tandavnews.com
Fact ~ In search of truth

नारायणहिटीको पर्खाल भत्केर थिच्ने त्रास

काठमाडौँ ।

भूकम्पले क्षतिग्रस्त नारायणहिटी दरबार सङ्ग्रहालयको नारायण मन्दिर र पर्खाल नबन्दा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

ऐतिहासिक, धार्मिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण नारायण मन्दिर र सँगैको सत्तल पुनःनिर्माणका लागि पुरातत्व विभाग एवं गुठी संस्थानसँग अनुरोध गर्दा समेत प्रक्रिया अघि बढ्न नसकेको पूजारी रोहिणीप्रसाद पौडेलले गुनासो गरे ।

भूकम्पपछि काठमाडौँ महानगरपालिका–१ कार्यालयका प्राविधिकले आइ नापजाँच गरे पनि चिरा परेको सत्तल र दरबार घेरिएको पर्खाल बनाउने काम अघि बढ्न सकेको छैन । पैदल मार्गसँग जोडिएको पर्खाल चिराचिरा परेको छ । पैदल हिँड्दा पर्खाल भत्केर थिच्ने त्रास हुने गरेको यात्रु नर्वदा श्रेष्ठले बताए ।

पुरातात्विक सम्पदा पुनःनिर्माणको जिम्मेवारी पाएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर नारायणहिटी दरबार क्षेत्रमा भत्किएका संरचना बनाउन आठ करोड रुपैयाँ लागत अनुमान गरिएको बताउछन् । त्यस क्षेत्रका सम्पदा पुनःनिर्माणको जिम्मेवारी नारायणहिटी दरबार सङ्ग्रहालयलाई नै दिइएको उनले जानकारी दिए । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.