www.tandavnews.com
Fact ~ In search of truth

वडाध्यक्ष रेग्मी अझै फरार, ‘सेवा सुविधा कटौती’

पोखरा
ताण्डव न्युज ।

युवती बलात्कारको आरोप लागेका वडाध्यक्ष कृष्णप्रसाद रेग्मीको सेवा सुविधा कटौती गरिएको छ । बलात्कारको आरोप लागेपछि फरार रहेका शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष रेग्मीको सेवा सुविधा कटौती गरिएको नगरपालिकाकी उप–प्रमुख सविता रसाइलीले बताइन् ।

‘उहाँलाई अदालतले पक्राउ पुर्जी जारी गरेको छ,’ उनले भनिन्, ‘उहाँ फरार हुनुहुन्छ, अदालतबाट फैसला नभएसम्म सेवा सुविधा काटिएको छ । यदिपछि अदालतले सफाई दियो भने अर्को कुरा भयो, नत्र उहाँले पदीय जिम्मेवारी लिन पाउनु हुन्न ।’

Batas

स्रोतका अनुसार वडाध्यक्ष रेग्मी नेपाल भित्रै नेताहरुकै संरक्षणमा लुकेर बसेका छन् ।

‘घटना दर्ता भएपनि रेग्मीका पक्षका केही नेता तथा राष्ट्रिय कलाकार समेत उनलाई जोगाउन लागेका छन्,’ स्रोतले भन्यो, ‘उनीहरुकै सल्लाह अनुसार वडाध्यक्ष रेग्मी भागेका हुन् ।’

वडाध्यक्ष रेग्मीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख तथा एसपी सिद्धिबहादुर शाहले बताए । ‘हामीले खोजी गरेका छौ,’ उनले भने, ‘हामी पक्राउ गरेर कानुनी दायरामा ल्याउने छौ ।’

अध्यक्ष रेग्मी विरुद्ध उनकै वडाकी एक युवतीले एक महिना अघि उजुरी दिइएकी थिइन् । उनले शुक्लागण्डकी नगरपालिकामा मंसिर ३ गते उजुरी दिएकी थिइन् ।

सम्बन्धीत सामाग्री

वडाध्यक्ष रेग्मी विरुद्ध बलात्कारको उजुरी, घटना लुकाउँदै प्रहरी

बलात्कारको आरोप लागेका वडाध्यक्ष रेग्मी फरार

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.