www.tandavnews.com
Fact ~ In search of truth

रिसको झोकमा घरमा आगो लगाउँदा १० लाख बराबरको क्षति

 

पोखरा,
ताण्डव न्यूज ।

म्याग्दीमा रिसको झोकमा छोराले घरमा आगो लगाउँदा १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिएका छन्।

Batas

बुधबार आज बिहान ९ बजेर १० मिनेट जाँदाको समयमा म्याग्दीको मालिका गाउँपालिका –६ दिच्याम बस्ने कुल बहादुर भण्डारीको आफ्नै छोरा २३ वर्षीया एकेन्द्र भण्डारीले घरमा आगो लगाएका हुन् ।
भण्डारीले ढुङगाले छाएको घरमा आगो लगाउँदा घर पुर्ण रुपमा जलि नष्ट हुनुको साथै घरमा रहेको अन्नपात लत्ता कपडा,भाडा बर्तन जलेर नष्ट भएको छ ।

भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.