www.tandavnews.com
Fact ~ In search of truth

घट्याे सुनकाे मूल्य !

पाेखरा । ताण्डव न्यूज  : बहुमूल्य धातु सुनको भाउ घट्न सुरु गरेको छ । पछिल्ला चार दिन स्थिर रहेर  सोमबार घटेलगत्तै मंगलबार यसको भाउ बढे पनि बुधबार पुनः घटेको छ । बुधबार (आज) छापावाल सुन तोलाको ५८ हजार ८ सयमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको दाँजोमा आज सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको हो । मंगलबार १ सय बढेर तोलाको ५९ हजार ४ सय रुपैयाँ पुगेको थियो ।
सुनको भाउ गत साता बिहीबारदेखि आइतबारसम्म स्थिर थियो । चारै दिन ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार भने तोलामा २ सय रुपैयाँ घटेको थियो ।  अघिल्लो साता बिहीबार ३ सयले घटेर तोलाको ५९ हजार ५ सय रुपैयाँमा झरेको सुनको भाउ त्यसको अघिल्लो दिन बुधबार भने २ सय रुपैयाँ घटेर ५९ हजार ८ सयमा कारोबार भएको थियो । तर, मंगलबार भने तोलाको ६० हजार रुपैयाँ पुगेको थियो ।

यसअघि गत कात्तिक २० गते पनि सुन तोलाको ६० हजार रुपैयाँ पुगेको थियो । त्यसयता यसको भाउ उतारचढावपूर्ण रहँदै आएको छ । अघिल्लो साता सोमबार ५९ हजार ४ सय रुपैयाँ, आइतबार ५९ हजार रुपैयाँ र शुक्रबार प्रतितोला ५८ हजार ५ सयमा कारोबार भएको थियो ।
आज बुधबार छापावाल सुनको भाउ प्रतितोला ६ सयका दरले बढेर ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको भाउ भने प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा झरेको छ । मंगलबार तेजाबी सुन तोलाको ५९ हजार १ सय र चाँदी तोलाको ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

Batas

महासंघका अनुसार पुस ४ (आज) सम्मको मूल्यसूची हेर्दा छापावाल सुनको भाउ पुस ३ मा तोलाको ५९ हजार ४ सय, पुस २ मा ५९ हजार ३ सय तथा पुस १, मंसिर २९, २८ र २७ गते तोलाको ५९ हजार ५ सय रुपैयाँ थियो । मंसिर २५ मा भने तोलाको ६० हजार रुपैयाँसम्म पुगेको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.