www.tandavnews.com
Fact ~ In search of truth

श्रेयाको बलात्कारपछि हत्या गर्ने पौडेललाई आजीवन जेल सजाए

पाेखरा,
ताण्डव न्यूज । 

पोखराकी ९ बर्षीय वालिका श्रेया सुनारको बलात्कारपछि हत्या गर्ने कुसुम पौडेललाई अदालतले आजीवन जेल सजायको फैसला सुनाएको छ । पोखरा महानगरपालिका पुम्दीभूम्दीकी वालिका सुनारको बलात्कारपछि हत्या गर्ने पौडेल विरुद्ध कास्की जिल्ला अदालतले बुधबार आजीवन जेल सजायको फैसला सुनाएको हो ।

गत असोज ८ मा पौडेलले श्रेयाको बलात्कार पछि हत्या गरेका थिए । लगत्तै श्रेयाको परिवारले मुद्धा दर्ता गरेका थिए । सोही मुद्धाका आधारमा अनुसन्धान पछि जिल्ला अदालत कास्कीले गत मंसिर १७ गते पौडेलले जबरजस्ती करणी गरी हत्या गरेको ठहर गरेको थियो ।

Batas

न्यायधीश योगेन्द्र शाहको एकल इजालसले पौडेल विरुद्ध आजीवन जेल सजाए सुनुवाई भएको जिल्ला अदालत कास्कीका श्रेस्तेदार जगन्नाथ पौडेलले जानकारी दिए ।

‘मुलुकी संहिताको दफा ४१ मा उपलब्ध भए अनुसार देशमै बलत्कारीलाइ पहिलो पटक आजीवन जेल सजाएको फैसला सुनाइएको हो,’ उनले भने, ‘अनुसन्धान र कसुरदारको बयानले वालिकाको जबर्जस्ती करणीपछि हत्या गरेको देखिएकोले आजीवन जेल सजायको फैसला सुनाइएको हो ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.