www.tandavnews.com
Fact ~ In search of truth

बसको ठक्करबाट ६६ वर्षीया वृद्धाको मृत्यु

दमौली ।

डुम्रे–बेँसीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका–९ बडहरेमा बसको ठक्करबाट घाइते एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडा निवासी ६६ वर्षीया चिनीमाया कँडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डुम्रेबाट लमजुङको बेँसीशहरतर्फ जाँदै गरेको ग१ख ४७९० नंको बसको ठक्करबाट मङ्गलबार घाइते कँडेलको उपचारका क्रममा बुधबार साँझ काठमाडौँस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

सडकछेउ हिँडिरहेको अवस्थामा बसले कँडेललाई ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेका कँडेललाई दमौली अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौँ पठाइएको थियो । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छन् ।

सांकेतिक तस्बिर :गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.