www.tandavnews.com
Fact ~ In search of truth

विश्व बैंकले गण्डकी प्रदेशका तीन जिल्लामा करोडौँ लगानी गर्ने

पोखरा ,
ताण्डव न्यूज ।

विश्व बैंकले गण्डकी प्रदेश अन्र्तगतको जिल्ला बागलुङमा करोडौँ रुपैयाँ लगानी गर्ने भएको छ । बागलुङ नगरपालिकाको पुर्वाधार सुधारका लागी विश्व बैंकले लगानी गर्ने भएको हो ।

विश्व बैंकले ‘सहरी शासकीय क्षमता तथा पुर्वाधार सुधार आयोजना दोस्रो ’मार्फत बागुलङलगायत देशभरका २१ वटा नगरपालिकामा करिब १६ अर्व रुपैयाँ बराबर लगानी गर्न लागेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।

गण्डकी प्रदेशका बागलुङ लगायत तनहुँको शु्क्लागण्डकी , ब्यास र स्याङजाको पुतलीबजार नगरपालिका आयोजना सञ्चालनको लागी छनोटमा परेका छन् । आयोजनाले सुचक तय गरी बजेट बाँडफाँड गर्दा प्रतिनगरपालिका करिब ७० –८० करोड रुपैयाँको बजेट प्राप्त गर्न सक्नेछन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.