www.tandavnews.com
Fact ~ In search of truth

फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको साधारण सभा पोखरामा हुँदै

पोखरा
ताण्डव न्यूज ।

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको चौथो साधारण सभा पोखरामा हुने भएको छ । पौष ७ गते विहान विरौटा स्थित पोखरा ग्राण्ड होटलमा साधारण सभा हुने महासंघले जनाएको छ ।

सभामा देशभरबाट उद्योगी व्यवसायीहरुको सहभागीता रहने आज आयोजित पत्रकार सम्मेलनमा महासंघका महासचिव कविन्द्र जोशीले बताए । ‘पोखरामा हुने चौथो साधारण सभालाई लिएर हामी अत्यन्तै उत्साहीत छौं’ जोशीले भने ‘ यस सभाले विगतमा महासंघबाट भएका कार्यहरुलाई समिक्षा गर्दै आगामी दिनका लागि योजनाहरु तयार पार्नेछ ।’

Batas

महासंघका अध्यक्ष भूपेन्द्र गिरीले साधारण सभामा उद्योगी व्यवसायीहरुको समस्याहरुको पहिचान गर्दे समाधानकालागि पनि योजना बनाइने जनाए । ‘यस क्षेत्रमा विविध समस्याहरु छन् । ति सबै समस्याहरुलाई छलफल गर्दे, आगामि दिनमा व्यवसायमा सहज हुने तरिकाले निक्र्यौ निकाल्ने छौँ’उनले सुनाए ।

महासंघ अध्यक्ष भूपेज्द्र गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव कविन्द्र जोशी, सल्लाहकार युवराज पौडेल र ज्ञान ब. नेपाली, कोषाध्यक्ष ओम दाहाल, सहकोषध्यक्ष खगेन्द्र केसी, केन्द्रिय सदस्य श्याम मल्ल, फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्की अध्यक्ष हिरामणी पण्डीत लगायतको सहभागिता रहेको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.