www.tandavnews.com
Fact ~ In search of truth

फेवाताल अतिक्रमण : कर्ण शाक्य विरुद्धको पेसी फेरी किन सर्यो ?

ताण्डव न्यूज । पोखरा ः फेवाताल अतिक्रमण गरेर निर्माण भएको वाटर फन्ट रिसोर्टका सञ्चालक विरुद्धको मुद्धाको पेसी फेरी पनि सरेको छ ।
फेवाताल मिचेर निर्माण भएका अन्य संरचना भत्काउने अदालति आदेश भएपनि पर्यटन व्यवसायी कर्ण शाक्यको लगानीमा फेवातालको किनारमा बनेको ‘वाटर फ्रन्ट’ रिसोर्ट माथि अदालतमा परेको पेसी भने तेस्रो पटक पनि सरेको हो ।

सर्वाेच्च अदालतमा बिहीबारका लागि सुनुवाइको पेसी तोकिएको भएपनि शाक्यको रिसोर्टमाथिको मुद्दाको सुनुवाइ यसपटक भने विना कारण अदालत आफैंले सार्यो ।
फेवातालको जग्गा अतिक्रमण गरी रिसोर्ट बनाएको भन्दै भत्काउनको लागि अदालतमा मुद्धा दायर भएको थियो ।

समितिले शाक्यले सञ्चालन गर्दै आएको होटलका अधिकांश संरचना (मुल गेट, पालेघर र स्विमिङ पुल) नै तालको जग्गामा निर्माण भएको ठहर गरेको थियो।

Batas

उक्त मुद्दा प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजालसले हेर्दै आएको छ। पछिल्लो पटक कात्तिक २८ गते तोकिएको अन्तिम सुनुवाइको पेसी सरेको थियो। शाक्यको रिसोर्टको संरचना फेवातालको जग्गामा पर्ने वा नपर्ने विषयमा यकिन हुन नसकेपछि तत्कालीन समयमा फैसला हुन सकेको थिएन। सर्वोच्चले छानबिन समिति गठन गरी प्रतिवेदन पेस भएपछि पुन सुनुवाई गर्ने भनेको थियो। गत जेठ २३ गते पोखरा आएर समितिले अनुसन्धान समेत गरेको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.