www.tandavnews.com
Fact ~ In search of truth

विक्रम बराललाई जिताउन रकम संकलन

पोखरा ।

नदिपुरमा अवस्थित माउण्ट अन्नपुर्ण मा.वि.का विद्यार्थिहरुले नेपाल आइडलको अन्तिम प्रतिष्पर्धी मध्येका पोखराका विक्रम बराललाई जिताउने अभियानलाई साथ दिदै रकम संकलन गरेका छन ।

विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थिहरु बाट रकम संकलनको नेतृत्व विद्यालयमा सक्रिय रहेको म्युजिक एण्ड लिटरेचर क्लवले गरेको थियो । विद्यार्थीहरुले खाजा खान ल्याएको पैसा नेपाल आइडियलका प्रतिष्पर्धी बराललाई भोट गर्नको लागि विद्याथिहरुले संकलन गरेका हुन ।

विद्यार्थीहरु बाट संकलित ७ हजार २ सय ३५ रुपैया बुधवार क्लवका अध्यक्ष कक्षा १२ का प्रतिक गुरुङ्गले सहयोग समितिलाई हस्तान्तरण गरेका हुन । हस्तान्तरण कार्यत्रममा विक्रम बरालका बुबाको पनि उपस्थिति रहेका थियो । बरालका बुवाले सहयोगको लागि विद्यार्थिहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.