www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश सदस्य दीपक मनाङगे धरौटीमा रिहा

पाेखरा,
ताण्डव न्यूज ।

चर्चित गुण्डा नाईके तथा नेता दीपक मनाङगे उर्फ राजिब गुरुङ धरौटीमा रिहा भएका छन् । उनी २७ हजार तीन सय ७५ रुपैयाँ बुझाएर रिहा भएका हुन् । कर्तव्य ज्यान सम्बन्धी मुद्दामा तत्कालिन पुनरावेदन अदालतले ५ वर्ष कैद सजाय सुनाएका मनाङेलाई सर्वोच्च अदालत प्रशासनले डिल्लीबजारको थुनाबाट आज (बिहीबार) रिहा गरेको हो ।

एकवर्ष अघि मनाङे गण्डकी प्रदेशसभाका लागि मनाङबाट निर्वाचित भएका थिए । गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । त्यसलगतै फरार भएका उनले सांसदको सपथ समेत लिन पाएका छैनन्।

Batas

सर्वोच्च अदालतबाट पत्र आएपछि उनलाई रिहा गरिएको हो । उनलाई ७ वैशाखमा काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको थियो । मनाङ्गे बिरुद्ध २०६१ मा अर्का गुण्डा नाईके मिलन चक्रेको हात छिनाएको मुद्दाको पुनरावलोकन निवेदन रद्द भएपछि उनी सजाय भुक्तान गरिरहेका थिए।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.