www.tandavnews.com
Fact ~ In search of truth

अभिव्यक्ति स्वतन्त्रता प्रति सरकार प्रतिवद्ध छ : मन्त्री चुमान

 

पोखरा ।

गण्डकी प्रदेशको राजधानी पोखरामा शुक्रबार देखी युवा पत्रकार सञ्जाल, गण्डकीको आयोजनामा आधारभुत पत्रकारिता सम्बन्धि तिन दिने तालिम सुरु भएको छ । नवप्रवेशी पत्रकारहरूलाई पत्रकारिताका मान्य सिद्धान्त एवं पेसागत मानक अनुसारको समाचार संकलन तथा लेखनका आधारभूत सीपहरू सिकाई उनीहरूको पेसागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको सञ्जालले जनाएको छ ।

तालिमको उद्धघाटन गर्दै गण्डकी प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका सम्बन्धमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । उनले कानुनहरु निर्माणको प्रक्रियामा रहेको प्रदेश सरकारले थुप्रै कानुनहरुको ड्राफ्ट तयार पारिसकेको उल्लेख गरे ।

मानवका लागी बनाईने कानुन पुर्ण रुपमा मानविय हुने उनले बताए । संविधानमा गरिएका व्यवस्था अनुकुलका कार्यान्वयनमुखी कानुनहरु निर्माण गर्ने कार्यमा प्रदेश सरकार सचेत रहेको मन्त्री चुमानले बताए ।

स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले पत्रकारीतालाई भर्याङ्को रुपमा प्रयोग गर्नेहरुको हालिमुहाली बढिरहेको उल्लेख गर्दै त्यसलाई चिर्ने गरि तथ्यमा आधारित निष्पक्ष पत्रकारिताको आवाश्यकतामा जोड दिए।

वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले पत्रकारीता मार्फत समाज परिवर्तन सम्भव रहेको बताए । यसका लागी थापाले खोजमुलक पत्रकारीतामा पत्रकारहरुको चासो बढ्नु आवाश्यक रहेको तर्क गरे ।पोखरा महानगरपालिकाका सुचना अधिकारी गंगालाल सुवेदीले नागरीकलाई सुसोचित गर्ने कार्यमा संचारकर्मीको भुमिका महत्वपुर्ण हुने भएकाले तथ्यमा आधारित सुचना प्रवाहमा जोड दिए ।

तालिमका प्रशिक्षक एंव अग्रज पत्रकार भरत कोईरालाले सहभागीहरुलाई तालिमको भरपुर उपयोग गर्न सझाए । तालिममा सिकेका कुराहरुलाई व्यवहारमा प्रयोग गर्न सके मात्र उलब्धि प्राप्त गर्न सकिने उहाँको तर्क छ । डब्लु डब्लु जे कास्कीकी अध्यक्ष सरिता तिम्सिना पगेनीले तालिमले क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताए ।

तालिमको पहिलो दिन शुक्रबार ब्रोडकाष्टिङ् एशोसियसन अफ नेपाल (बान) की केन्द्रिय महासचिव दुर्गा अधिकारीले “पत्रकारीताको परिचय र श्रव्य संचारमा समाचार’ विषयमा प्रशिक्षण प्रदान गरे भने संचारीका समुह पश्चिमाञ्चलकी महासचिव कविता श्रेष्ठ र डब्लु डब्लु जे कास्कीकी अध्यक्ष पगेनीले अनुभव शेयरिङ् गरे ।

पोखराको चिप्लेढुंगा स्थित क्याफे डि गार्डेनमा जारी तालिममा शनिबार कान्तिपुर राष्ट्रिय दैनिकका गण्डकी ब्युरो प्रमुख भिम घिमिरले “समाचार उत्पादन प्रक्रिया र संकलन अभ्यास” ताण्डव साप्तिाहिकका सम्पादक अर्जुन गिरीले “खोज तथा अपराध” र अग्रज पत्रकार एंव कानुन व्यावसायी दुर्गा भण्डारीले “कोर्ट रिपोर्टिङ्”का विषयमा प्रशिक्षण प्रदान गर्नेछन्।

आईतबार सम्म जारी रहने उक्त तालिममा पोखराका विभिन्न क्याम्पसहरुमा पत्रकारीता अध्ययन गरिरहेका विद्यार्थी र पोखराका विभिन्न संचार माध्यमहरुमा कार्यरत गरि ४५ जनाको सहभागीता रहेको छ ।

सञ्जालका अध्यक्ष भिम थापाको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा स्वागत कार्यक्रम संयोजक तथा एंव सञ्जालकी कोषाध्यक्ष विनिता सुनार र संचालन महासचिव सुरेसराज अधिकारीले गरेका थिए ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.