www.tandavnews.com
Fact ~ In search of truth

५० बर्षमा नागरिकता पाउदाँ दंग रुपा

 

संजय रेग्मी ,
पर्वत /ताण्डव न्यूज ।

पर्वतको कुश्मा नगरपालिका १३ खौलाकी ५० बर्षिया एक महिला रुपा पौडेल क्षेत्रीलाई लागेको थियो ‘यो उमेर सम्म त नागरिकताको प्रमाण पत्र पाईन, अब झन के पाउँला ?’ आँपूmलाई नागरिकताको प्रमाण पत्र बनाईदिन भन्दै सौता र सौतेनी छोरीलाई धेरै पटक आग्रह गरे पनि उनले नागरिकता प्राप्त गर्न सकिनन् । एकल अवस्थामा रहेकी उनले सामाजिक सुरक्षा भत्ता अन्तर्गत एकल महिलाले पाउने भत्ता पनि नागरिकताको प्रमाण पत्र नभएकै कारण पाउन सकेकी थिईनन् ।

Batas

तर, शुक्रबार भने उनी जीवनमा सबैभन्दा प्रिय बस्तु पाएको जस्तै खुसी देखिन्थिन्। ‘नागरिकता बनाईदेओ न भन्दा नि बनाईदिएनन् । अब त चिनी चियापत्ति खाने भत्ता आउने भयो ।’ क्षेत्रीले भनिन, ‘यो उमेर सम्म नपाएको नागरिकता अहिले आएर पाउँछु जस्तो लागेको थिएन् ।’जिल्ला प्रशासन कार्यालयको टोलीले कुश्मा नगरपालिका १३ खौलामा आयोजना गरेको घुम्ती शिविरबाट क्षेत्रीले नागरिकताको प्रमाण पत्र पाएकी हुन् ।

सात बर्ष पहिले दोस्रो बिबाह गरेर खौला लाँकुरीमा आएकी रुपाका श्रीमान भीमबहादुर पौडेलको दुई बर्ष पहिले मृत्यु भएको थियो । श्रीमानको मृत्युपछि नागरिकता नहुँदा उनलाई अप्ठ्यारो परेको थियो। उनको साथमा सात बर्षका अपांग छोरा समेत छन् तर उनको पनि जन्मदर्ता भएको छैन्। नागरिकता माग्दा सौता र छोरीले उल्टै धाक धम्की दिने गरेको रुपाले बताईन् ।

नागरिकताका लागि सनाखत गर्न नमानेका सौतालाई जनप्रतिनिधी र प्रहरी समेत पठाएर घुम्ती शिबीरमा नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए । गाउँगाउँमा धेरै महिलाहरु परिवारको अपहेलना सहेर बस्दै आएका र नागरिकता समेत नपाउँदा अधिकारबाट पनि बञ्चित भएको भेटिएपछि यस्ता हिंसापिडीत महिलालाई नागरिकता दिने अभियान सञ्चालन गरिएको उनको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी ढकालको पहलमा दुई महिनाको अवधीमा पाँच जना हिंसापिडीत महिलालाई परिवारका सदस्यलाई प्रहरी मार्फत झिकाएर नागरिकता दिइएको छ ।खौलामा भएको शिबीरमा १ सय १६ जनालाई नागरिकता दिइएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा नारायण पौडेलले जानकारी दिए ।

शिबीरमा कुस्मा नगरपालिका वडा नं १२, १३ र १४ तथा फलेबास नगरपालिका वडा नं १ र २ का बासिन्दाहरु लाभान्वित भएका छन् । शिविरमा ७७ जनाको फोटो सहितको मतदाता नामावली पनि संकलन गरिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.