www.tandavnews.com
Fact ~ In search of truth

संविधान कमजोर पार्ने खेल खेल्नु हुदैँन:अध्यक्ष दाहाल

काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षणिक उत्तेजनामा आएर जनताको बलिदानबाट प्राप्त संविधानलाई कमजोर पार्ने खेल खेल्न नहुने बताएका छन ।
उनले सङ्कीर्ण स्वार्थका कारण संविधानबाट निर्मित प्रणाली र संरचनालाई कमजोर पार्ने भूल कसैले पनि गर्न नहुने बताए ।

उनले भने, “राष्ट्रिय एकता र सहमतिबाट बनेको संविधानलाई कमजोर पार्ने अभ्यास भइरहेको छ, संविधानका आधारस्तम्भका रुपमा रहेका गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रणाली र सङ्घीयतालाई असफल पार्ने दुश्प्रयास मुलुकका लागि भयानक गल्ती ठहरिनेछ ।”

जनताको समृद्धिको आकाङ्क्षा पूरा गर्न सरकार क्रियाशील रहेको बताउँदै पूर्वप्रधानमन्त्री दाहालले विकास र समृद्धिमार्फत जनतालाई सामाजिक न्याय प्रदान गर्न सम्पूर्ण ताकतलाई त्यसतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “देशलाई समृद्धिको युगतर्फ लैजाने सकिने सम्भावना प्रशस्त छन्, हामी एक दशकभित्र नयाँ आकारको नेपाल बनाउन सकिन्छ भन्ने निष्कर्षमा पुगेका छौँ । नेपालीको ज्ञान, सीप, प्रकृतिले समृद्ध नेपाल बनाउने सामग्री प्रदान गरेको छ ।” उनले संविधान कार्यान्वयन र समृद्धिका यात्रामा देखिएका कमीकमजोरी सच्याउँदै जनआकाङ्क्षाअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

मुलुकमा नयाँ प्रणालीसहितको सरकार गठन भएको उल्लेख गर्दै अध्यक्ष दाहालले सरकार सञ्चालनका क्रममा केही जटिलता देखिएपनि त्यसलाई हल गरेर अगाडि बढ्ने प्रष्ट्याए । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.