www.tandavnews.com
Fact ~ In search of truth

रुखले च्याप्दा ४५ वर्षीय पूर्णको मृत्यु

गलकोट ।

बागलुङको काठेखोला गाउँपालिका–६ चिरपानीमा शनिबार रुख काट्ने क्रममा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ ।

पर्वत जिल्लाको मोदी गाउँपालिका–७ रापु घर भई हाल बागलुङको काठेखोला गाउँपालिकामा ज्याला मजदूरी गरी बस्दै आएका ४५ वर्षीय पूर्णबहादुर सार्कीको उत्तीसको रुख काट्ने क्रममा सोही रुखले च्यापेर घटनास्थलमै मृत्यु भएको हो ।

रुखले च्यापिँदा छातीमा गम्भीर चोट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिए । मृतक सार्कीको शव धौलागिरि अञ्चल अस्पताल बागलुङमा राखिएको र आइतबार शव परीक्षण गरी आफन्तको जिम्मा लगाइने बताइएको छ । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.