www.tandavnews.com
Fact ~ In search of truth

अन्योलमा नेविसंघको १२औँ महाधिवेशन

काठमाडौँ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको महासमिति बैठकका कारण भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन प्रभावित बनेको छ ।

नेविसङ्घले पुस २८ देखि ३० गतेसम्म १२औँ महाधिवेशन गर्ने गरी गाउँ, वडा, स्थानीय तह, क्षेत्र, जिल्ला र प्रदेशको निर्वाचन तोकेपनि महासमितिको बैठकका कारण अहिलेसम्म कुनै तहको निर्वाचन हुनसकेको छैन ।

लामो समयको विधान र नियमावली विवादसँगै पार्टीले विधानलाई पास गरेपछि नेविसङ्घका अध्यक्ष नैनसिंह महरले मङ्सिर १५ गते पत्रकार सम्मेलन गरी नेविसङ्घको १२औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेका थिए।

कार्यतालिकाअनुसार मङ्सिर २२ गतेभित्र देशभरका सबै माध्यमिक तथा उच्चमध्यामिक विद्यालयमा अधिवेशन गर्नुपर्ने, मङ्सिर २५ भित्र स्थानीय गाउँ नगरको अधिवेशन गर्नुपर्ने, पुस ८ भित्र उपत्यकाभित्रका सबै क्याम्पस र विश्वविद्यालयको अधिवेशन गर्नुपर्ने, पुस १४ भित्र सबै जिल्लाको अधिवेशन गर्नुपर्ने र पुस २० भित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने रहेको छ ।

अध्यक्ष महरले पार्टीका नेताहरू महासमिति बैठकमा जुटेका कारण गाउँ, वडा तथा जिल्ला अधिवेशन गर्न ढिलाइ भएको बताए । “नेविसङ्घले २५ वर्षपछि पहिलो पटक गाउँगाउँको अधिवेशन गर्न लागेको छ, त्यसैले पनि केही ढिलाइ भएको हो,”उनले भने । नेविसङ्घले १२औँ महाधिवेशनका लागि आठ लाख ५० हजार सदस्यता वितरण गरिसकेको उनको भनाइ छ ।

नेविसङ्घका नेता दीपक भट्टराईले महासमितिको नाममा नेविसङ्घको महाधिवेशन नगर्ने खेल भइरहेको बताए । “महाधिवेशन नगरी आफ्नो कार्यकाल लम्ब्याउन वर्तमान नेतृत्व लागेको छ,” उनले भन । मेहासमितिको मुखमा आएर निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुले पनि निर्वाचन नगर्ने खेल भएको उनको भनाइ छ । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.