www.tandavnews.com
Fact ~ In search of truth

पहिलो सहभागितामै नेपाललाई कास्य पदक

 

काठमाडौँ ।

नेपालको राष्ट्रिय पुरुष हक्की टोलीले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै पदक जित्न सफल भएको छ ।

Batas

शनिबार पाकिस्तानको लाहोरमा भएको हक्की शृङ्खलामा नेपालले पहिलो सहभागितामै तेस्रो स्थान हात पार्दै कास्य पदक जित्न सफल भएको प्रशिक्षक रञ्जन थापाले जानकारी दिए। अन्तर्राष्ट्रिय हक्की महासङ्घको आधिकारिक प्रतियोगितामा नेपालको राष्ट्रिय पुरुष टोलीले पदक जित्न सफल भएपछि नेपालले अब हक्कीको विश्व वरियतासमेत प्राप्त गर्नेछ ।

शृङ्खलामा नेपालसहित काजकिस्तान, उज्वेकिस्तान, अफगानिस्तान समावेश थिए । राउण्ड रोविन लिगका आधारमा खेलाइएको प्रतियोगितामा नेपालले शनिबार अफगानिस्तानलाई पराजित गर्दै कास्य जित्न सफल भएको हो । लिग चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई ४–० ले हराएको थियो ।

नेपालका तर्फबाट सागर आचार्यले दुई गोल गरेका थिए । त्यस्तै रोमन राना र राजेन्द्र कार्कीले एक गोल गरेका थिए । सागर ’म्यान अफ दी म्याच’ समेत घोषित भए । समूह चरणको पहिलो खेलमा काजकिस्तानसँग ६–१ ले पराजित नेपाल दोस्रो खेलमा उज्वेकिस्तानसँग समेत समान गोल स्कोरले पराजित भएको थियो ।

अन्तिम खेलमा भने अफगानिस्तानलाई पराजित गर्दै नेपालले कास्य जित्न सफल भयो । प्रतियोगितामा शीर्ष स्थानमा रहँदै उज्वेकिस्तानले प्रतियोगिताको उपाधि उचाल्यो । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.