www.tandavnews.com
Fact ~ In search of truth

गन्धर्व समुदाय कला र संस्कृतिको धरोहर – मन्त्री अधिकारी

 

पोखरा ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले गन्धर्व संस्कृति र कलाको विकास गर्न एकेडेमी स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।

पोखरा–१६, बाटुलेचौरमा नवनिर्मित गन्धर्व संग्राहलयको उद्घाटन गर्दै मन्त्री अधिकारीले पोखरालाई चिनाउन गन्धर्व समुदायको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनीहरु नेपाली कला र संस्कृतिको धरोहर भएको बताउनु भयो । उहाँले यस क्षेत्रको विकासका लागि बजेट विनियोजन भएको जानकारी दिदैं महेन्द्र गुफा र चमेरे गुफाको वृहत्तर विकासका लागि पनि आफू तयार रहेको बताए।

गण्डकी प्रदेशका सांसद कृष्ण थापाले यस क्षेत्र पर्यटकीय रुपमा मात्र नभई कला र संस्कृतिमा पनि धनी रहेको भन्दै प्रशंसा गरे। भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष धनबहादुर गायकको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष जीवनप्रसाद आचार्य, स्व.झलकमान गन्धर्व सालिक निर्माण समितिका अध्यक्ष ताराप्रसाद तिमिल्सिना, हिमालय क्लबका अध्यक्ष मोहनबहादुर थापा, नेपाल गन्धर्व समुदाय विकास केन्द्रका अध्यक्ष भोजबहादुर गायक, सल्लाहकार भीमबहादुर गायक, उपाध्यक्ष दिनेश गायक लगायतले पर्यटन वर्षलाई सफल बनाउन कला र संस्कृतिलाई पनि प्राथमिकता दिनु पर्ने बताए ।

२०७१ सालमा निर्माण शुरु गरिएको संग्राहलय भवन १७ लाख रुपैयाँको लागतमा गत असार मसान्तमा निर्माण कार्य सम्पन्न भएको कोषाध्यक्ष विनोद गायकले जानकारी दिनुभयो । संग्राहलयको शुरुवातसँग सगै त्यस क्षेत्रको पर्यटन विकासमा थप टेवा पुग्ने अपेक्षा स्थानीयले गरेका छन् ।

संग्राहलयमा गन्धर्वहरुका कला, संस्कृति झल्कने किसिमका सारङ्गी, मादल, अरबाजा लगायतका पुराना बाजाहरु र गन्धर्वसँग सम्बन्धित पुस्तकहरु राखिएका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.