www.tandavnews.com
Fact ~ In search of truth

मोदी गाउँपालिकामा मेलमिलापकर्ता

 

संजय रेग्मी,
पर्वत ताण्डव न्यूज ।

नागरिकलाई न्यायिक अधिकारको पहुँच विस्तार गर्न पर्वतको मोदी गाउँपालिकाले मेलमिलाप कर्ताहरु तयार गरेको छ ।

Batas

गाउँपालिकाले चालु आर्थिक बर्षमा स्थानीय न्यायिक समितिलाई सक्रिय बनाउँदै मेलमिलाप कर्ता तयार गरेको हो । बार्षिक कार्यक्रममा ५ लाख रुपैयाँ रकम विनियोजन गरी उक्त अभियान सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रेम पौडेलले जानकारी दिए। अभियानका क्रममा पहिलो चरणमा प्रत्येक वडाबाट प्रति वडा ३ जना गरी ८ वडाका २४ जनालाई मेलमिलापकर्ता तालिम प्रदान गरेर उनीहरुलाई प्रत्येक वडामा परिचालन गरिएको छ ।

कुनै पनि गाउँमा विवाद सिर्जना भएमा र राज्यले पाउनुपर्ने अधिकारबाट बञ्चित भएका गुनासोहरु आएमा त्यस्ता गुनासोलाई वडा कार्यालयमा दस्तावेजिकरण गर्ने र वडा बाटै समस्याको समाधानको बाटो खोजिने न्यायिक समिति संयोजक तथा मोदी गाउँपालिकाकी उपप्रमुख सेती महतले बताए। उनका अनुसार गाउँ भित्रका जनगुनासो र विवादहरु समाजमा नै मिलाउने नीतिलाई अघि सारेर मेलमिलापकर्ताहरु तयार गरिएको हो ।

मोदी गाउँपालिकामा न्यायिक समिति गठन भएता २२ उजुरी दर्ता भएका छन् । ती उजुरी मध्ये न्यायिक समितिले १६ उजुरी उपर छलफल गरी किनारा लगाइसकेको छ भने ६ उजुरी उपर कानूनी प्रक्रिया जारी रहेको न्यायिक समितिका सदस्य सचिव भिम अर्यालले जानकारी दिए । यसरी परेका उजुरी मध्ये अधिकांश घरेलु हिंसाका नै छन् भने दुई उजुरी श्रीमान्ले श्रीमती सँग सम्बन्ध विच्छेदको माग गरेका र केही लेनदेन सम्बन्धि उजुरी रहेका छन् ।

गाउँपालिकाले अहिलेसम्म परेका उजुरी मध्ये कुनै पनि उजुरी जिल्ला अदालतमा पठाउन परेको छैन् । जिल्लाकै कुश्मा नगरपालिकामा न्यायिक समिति बन्न नसकिरहेका बेला र अन्य स्थानीय तहमा पनि न्यायिक समितिहरु प्रभावकारी नभएका बेला मोदी गाउँपालिका भने मेलमेलिपाकर्ता तयार पारेर समस्या समाधान गर्न लागि परेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.