www.tandavnews.com
Fact ~ In search of truth

२ सय बर्ष अघिको नेपाल देखाउने चलचित्र ‘अहुरी’ को छायाङ्कन सुरु

संजय रेग्मी ,पर्वत 

यस अगाडि सेभेन ब्वाईज र भ्रम चलचित्र निर्माण गरेको प्रतिफल फिल्मक प्रा.लि. पर्वतले अब आप्mनो तेश्रो चलचित्र ‘अहुरी’ को पनि छायांकन शुरु गरेको छ ।
नेपालमा अहिलेसम्म पनि बैज्ञानिक धारबाट चलचित्र निर्माण हुन नसकीरहेको बेलामा प्रतिफल फिल्मसले भने नेपालमा आजभन्दा २ सय ५० बर्ष अगाडिको जनजीवीका देखाउने गरी चलचित्र निर्माण शुरु गरेको हो । कलाकार तथा पश्चिम नेपाल कला मञ्चका सचिव ठाकुर रसाईलीका अनुसार साढे २ शताब्दी अगाडि नेपालको अवस्थालाई आजको अवस्थासम्म ल्याउनुमा बिज्ञान र प्रबिधिकै हात भएका कारण यो चलचित्रलाई बिज्ञान र खोजमा आधारित चलचित्रको रुपमा लिईएको छ । चलचित्रमा २ सय ५० बर्ष अगाडिको अवस्थादेखि अहिलेसम्म भएका बैज्ञानिक परिवर्तनले मानिसको जनजीवीकालाई कसरी सजिलो बनाएका छन् ? भन्ने बारेमा नै बिषयबस्तुको उठान गरिने परिकल्पनाकार विशाल लोहनीले बताउनुभयो । उहाँले भन्नुभयो,–‘साईन्स्को फिक्सनको आधारमा रहेर चलचित्रको निर्माण गर्दै छौँ।’
पचलचित्र निर्माण कम्पनी प्रपितफल फिल्मसका निर्देशक आर. सी. पौडेल (रामचन्द्र) ले प्रतिफलको ब्यानरमा निर्माण भएका यस अगाडिका २ ओटा चलचित्र भन्दा अहिले बन्दै गरेको फिल्म फरक शैलीको हुने र यसले फरक बिषयबस्तुको उठान गरिएको बताउनुभयो । धौलागिरी भित्र रहेका मुख्य मुख्य धार्मिक तथा पर्यटकीय सम्पदाको खोजी गरेर तीनै स्थानहरुमा चलचित्र छायांकन गरिने भएकोले यो चलचित्रले पर्यटन प्रबद्र्धनमा पनि सहयोग गर्ने उहाँको भनाई छ ।
‘अहुरी’ मा पश्चिम नेपाल कला मञ्चका कलाकारहरु ठाकुर रसाईली, अर्जुन थापा, निर्मल पौडेल, सुमन सेन्चुरी, सरिता सेन्चुरी, थमनसिंह पुर्जा दोस्रो मिस एण्ड मिसेस धौलागिरीकी बिजेता शिल्पा कार्की, अनुपा राई, मनिषा पन्तले अभिनय गर्नुहुनेछ । कार्की, राई र पन्तका लागि भने यो नै डेब्यू चलचित्र हो ।
बिशाल लोहनीको निर्देशनमा बन्ने चलचित्र ‘अहुरी’ को छायाँकन अबधि झण्डै १ महिनाको रहने छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.