www.tandavnews.com
Fact ~ In search of truth

मनास्लु हिमालकाे फेदीकाे जंगलमा अागाेलागी

ताण्डव न्यूज । पोखरा

मनास्लु पदमार्गको पुंगेन क्षेत्रमा रहेको जंगलमा आगोलागी हुँदा त्यहाँ रहेका जीवजन्तुहरु सखाप भएका छन् । टुरिस्ट गाइडले चुरोटको ठुटो फाल्दा मनास्लुको फेदीको सामााउँको एक मात्र जंगलमा मा आगोलागी भएको हो । आइतबार दिउँसो देखि लागेको आगो अहिले सम्म नियन्त्रणमा आउन नसकेको स्थानीय मिङ्मार लामाले जानकारी दिए । ‘गाइडले चुरोटको ठुटो फाल्देछ आगो सल्कियो,’ उनले भने, ‘हाम्रो बाउबाजेको पाला देखि जोगाउँदै ल्याएको जंगल सखाप पार्दियो । जंगलमा थुप्रो मृग कस्तुरी, डाँफेहरु छ यो सबै सिध्यायो । आगो नियन्त्रण बाहिर छ । निभाउन जान सकिँदैन ।’

चुरोटको ठुटो फाल्ने टुरिस्ट गाइडलाई गाउँलेले नियन्त्रणमा लिई सामागाउँ प्रहरी चौकीमा बुझाएको उनले बताए । ‘टुरिस्ट गाइडले चुरोट खाएर ठुटो जंगलमा फालेपछि आगो सल्केको रहेछ,’ लामाले भने, ‘हिजो आइतबार देखि लागेको आगो अझै नियन्त्रण हुन सकेको छैन । गाउँलेहरुले हिजो देखि आगो निभाउने प्रयास गरेपनि सकेको छैन ।’

Batas

तिब्बतसँग सिमाना जोडिएको सामागाउँका एक मात्र जंगलमा आगोलागी भएपछि गाउँलेहरु चिन्तीत छन् । उक्त जंगलमा धुपी, सल्लो लगायतका बहुमूल्य जडीबुटीहरु समेत रहेको लामाले जानकारी दिए । उक्त गाउँ पुग्नको लागि गोरखा सदरमुकाम देखि एक हप्ताको पैदलयात्रा गर्नुपर्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.