www.tandavnews.com
Fact ~ In search of truth

पुस २६ देखि पर्यटन मेला

गलेश्वर ।

प्रशस्त धार्मिक र पर्यटकीय सम्भावना रहेर पनि वर्षौंदेखि ओझेलमा परेको स्वर्गाश्रम र बेलढुङ्को प्रचारप्रसार गरी आन्तरिक पर्यटक प्रवद्धर्धन गर्ने उद्देश्यले म्याग्दीको बेनी नगरपालिका–३ मा अवस्थित मुसुङमा पदयात्रा र मेला आयोजना गरीने भएको छ ।

स्थानीय विभिन्न सङ्घसंस्थाको सहकार्यमा स्थानीय स्वर्गाश्रम युवा क्लबले आयोजना गर्ने सो मेला पुस २६ देखि माघ ३ गतेसम्म सञ्चालन हुनेछ । माघे सङ्क्रान्ति पर्वको अवसर पारेर आयोजना गर्न लागिएको ‘माघे सङ्क्रान्ति सांस्कृतिक तथा पर्यटन मेला २०७५’ मा धार्मिक तथा पर्यटकीय क्षेत्र स्वर्गाश्रम, बेलढुङ्गालगायत भकिम्लीमा रहेका सम्भावनायुक्त ठाउँमा पर्यटन प्रवद्धर्धनका विषयमा छलफल समेत हुने आयोजक समितिका प्रचारप्रसार संयोजक कमल पुनले जानकारी दिए ।

Lama collectio News Middle

“स्थानीय कला संस्कृतिको सम्वर्धन, माघे सङ्क्रान्ति मेला पर्यटन प्रवद्धर्धन’ भन्ने मूल नाराको साथ हुन लागेको उक्त कार्यक्रममा चर्चित कलाकारको साङ्गीतिक प्रस्तुति पनि रहने जनाइएको छ । पुस २९ गते म्याग्दी भ्रमण वर्षलाई लक्षित गरी पर्यटन पदयात्रासमेत गरिने कलबका अध्यक्ष भीम पुनले बताए।  रासस

सांकेतिक तस्बिर : गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop