www.tandavnews.com
Fact ~ In search of truth

पोखरा घुम्न आएका सुजनको भिरबाट खस्दा मृत्यु

पोखरा ,
ताण्डव न्यूज ।

पोखरा घुम्न आएका एक युवकको भिरबाट अचानक खस्दा मृत्यु भएको छ ।

नवलपरासी जिल्ला घर भई पोखरा घुम्न आएका १७ वर्षीया सुजन गोले तामाङको भिरबाट खस्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो । सुजन गोर्खा भिजेल घुम्न गई फर्कने क्रममा पोखरा –२७ स्थित छत्रे ढुङगाको भिरबाट खसेको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले बताए।

भिरबाट खसेर घाईते उनको उपचारको लागी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

सांकेतिक तस्बिर :गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.