www.tandavnews.com
Fact ~ In search of truth

फर्निचर तथा फर्निसिङ व्यवसायीको साधारण सभा

पाेखरा । 

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले अबको समय विकास र सम्बृद्धिको रहेको बताएका छन् । शनिबार आयोजीत नेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघको चौथो वार्षिक साधारण सभामा बोल्दै गुरुङले राजनीतिक परिवर्तनकालागि संघर्ष सकिएको जनाउँदै अब विकास निर्माणमा अघि बढ्ने बताएका हुन् ।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा वन उद्यमीहरुलाई लगानी गर्न आव्हान समेत गरे । संघिय वन ऐन तयार नभएकाले प्रदेश वन ऐन बनाउन नसकिएको प्रष्ट्याए । उनले प्रदेशमा करको दायरा फराकिलो बनाउन र रोजगारी सृजना गर्न वन उद्यम सहयोगि हुने भएकाले आफुले निजी वन र वन उद्यम विकासका लागि प्रोत्साहनमुलक कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाए ।

Batas

सहभागिहरुलाई स्वागत गर्दे महासंघका अध्यक्ष भूपेन्द्र गिरीले राज्यको उदासिनता र ब्यवहारिक कानुनको अभावमा तयारी फर्निचर एंव फर्निसिङका सामग्रीहरु भ्mण्डै ३० अर्व बराबरको आयात गर्न बाध्य भएको बताए ।

विशेष अतिथि निजी वन सरोकारवाला महासंघका अध्यक्ष विष्णु प्रसाद ज्ञवालीले साधारण सभाको सफलताको कामना गर्दे फर्निचर तथा फर्निसिङ उद्योगी ब्यवसायीहरुले निजी वनको काठ प्रयोग गरेर देशभरका निजी वन कृषकहरुलाई वार्षिक एक अर्व भन्दा वढि आम्दानी दिलाउन सकेकोमा आभार ब्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष राम प्रसाद न्यौपाने लगायतले मन्तब्य राखेका थिए ।

महासंघका अध्यक्ष भुपेन्द्र गिरीको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन महासचिव कविन्द्र जोशीले गरेका थिए ।  सभामा २५ जिल्लावाट १७५ जनाको सहभागिता थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.