www.tandavnews.com
Fact ~ In search of truth

पर्यटन मन्त्री अधिकारीको बदमासी : पर्वतीय संग्राहलयमा नियम विपरित कर्मचारी भर्ती !

सन्तोष अधिकारी
पाेखरा,  ताण्डव न्यूज ।

ऐनकानुन अनुसारको काम मात्रै गर्छु, नियम मिचेर केही गर्दिन भनेर पोखरामा अधिकांश कार्यक्रममा बोल्ने पर्यटन मन्त्री रबिन्द्र अधिकारीले ठाडो निर्देशनमा कर्मचारी भर्ती गराएका छन् । वाइड बढी बिमान खरिद प्रक्ररणमा पनि विवादमा तानिएका मन्त्री अधिकारीले पोखरामा नेपाल पर्वतारोहण संघद्धारा सञ्चालित अन्तराष्ट्रिय पर्वतिय संग्राहलयमा आवश्यक नै नभएका २ कर्मचारी नियुक्ति गराएका हुन् ।

मन्त्री अधिकारीको निर्देशनमा संग्राहलयमा टिकट चेकर पदमा अप्सरा पौडेल र टिकट सेलरमा विष्णु मायाँ देवकोटालाई कर्मचारी नियुक्ति गरिएको छ । यस अघि टिकट चेकरको रुपमा स्थायी कर्मचारी बिकल लामाले काम गर्दै आएका थिए ।

Batas

उता टिकट सेलरमा भने कर्मचारी धेरै भएको संग्राहलय स्रोतले जानकारी दियो । यस अघि नै दुइ जना कर्मचारी रहेको सेलर पदमा एक जनाले मात्र काम भ्याउँदै आएका थिए । मन्त्री अधिकारीले कर्मचारी नियुक्ति गरेपछि सो पदमा तीन जना कर्मचारी भएकाछन् ।

‘राजनीति सत्ताका लागि मात्रै गर्छन् भनेको होइन रहेछ, राज्यको ढुकुटी सक्नको लागि पनि गर्नेरहेछन्,’ संग्राहलयका एक जिम्मेवार कर्मचारीले भने, ‘आफ्नो निकटको मान्छेलाई जागिर खुवाउने नाममा अनावश्यक कर्मचारी किन भर्ति गराइयो ? अर्काे कुरा यहाँ कर्मचारी भर्ना गर्नुपरे पनि नियम त छ नी ।’

संग्राहलमा कर्मचारी भर्ति गर्न लागि सार्वजनिक रुपमा कर्मचारी आवश्यकको सूचना प्रकाशन गरी खुल्ला प्रतिस्पर्धाबाट कर्मचारी छनोट गर्ने नियम छ ।

यसरी दुई कर्मचारी भर्ती गर्न मन्त्री अधिकारीलाई पर्यटन सचिब कृष्ण देवकोटाले सहयोग गरेका छन् । उनीहरु दुबैले आफ्ना नजिकका आफन्तलाई संग्राहलयमा कर्मचारीको रुपमा भर्ति गराएका हुन् ।

मन्त्री अधिकारी र पर्यटन सचिब देवकोटा पनि नजिकका आफन्त हुन् । हालै कर्मचारी नियुक्ति भएकी विष्णु मायाँ सापकोटा चाहीँ पर्यटन सचिब सापकोटाको आफन्त हुन् ।

पर्यटन मन्त्रीको ठाडो निर्देशनमा कर्मचारी भएकी अप्सरा पौडेल नियुक्ति पत्र विनै कर्मचारीको रुपमा कात्तिक महिना देखि नै कार्यालयमा हाँजिर भएर काम गर्न थालिन । उनको नियुक्ति पत्र भने १३ डिसेम्बरमा मात्र आयो ।

उनले नियुत्ति पत्र नबुझे पनि अरु कर्मचारी सरह कार्यालयमा आउने हाँजिर गर्ने गरिन । तलब समेत नियुक्ति पत्र बुझेको दिनबाट भन्दा पनि कार्यालय गएको दिन देखिको मागेको स्रोतले बतायो ।

पर्यटन सचिबको आफन्त रहेकी विष्णुमायाँ भने नियुक्ति पत्र आएको मिति डिसेम्बर पछि मात्रै कार्यालयमा हाँजिर भएकी हुन् ।

यस अघि प्रतिस्पर्धाबाट छनोट भएकी एक कर्मचारीलाई मन्त्री अधिकारीकै निर्देशनमा हटाइएको थियो । अधिकारीले नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबिर लामालाई टिकट सेलर पदमा कार्यरत रचना कुँवरलाई हटाउनु भनेपछि लामाले कुवँरलाई कार्यालय नआउन भनेका थिए । कुँवरले छ महिना सम्म मासिक १८ हजार रुपैयाँ तलब समेत बुझेकी थिइन ।

‘मैले प्रतिस्पर्धामै नाम निकालेको थिएँ । छ महिना काम पनि गरेँ,’ रचनाले टेलिफोनमा भनिन्, ‘एक्कासी स्टाफ धेरै भयो अब नआउ भनेर अध्यक्षले भन्नु भयो ।’ यस विषयमा जानकारी लिन फोन गर्दा अध्यक्ष सन्तबिरले फोन उठाएनन् । तर, आफु अहिले जापान रहेको भनेर मोबाइलमै म्यासेज भने पठाए ।

त्यस्तै पर्यटन मन्त्री रबिन्द्र अधिकारीले पनि पटक पटक फोन गर्दा समेत फोन उठाएनन् ।

उनका स्वकीय सचिब अर्जुन अधिकारीले भने कर्मचारी नियुक्ति गरिएको विषयमा जानकारी नभएको प्रतिक्रिया दिए । ‘यस विषयमा न मन्त्री ज्यूलाई, न मलाई कसैलाई थाहा छैन, कस्ले भन्यो यो कुरा ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.