www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा नायणकाजीलाई पूर्व राजाको नमस्कार, गगन थापा बाहिरै बसे

ताण्डव न्यूज, पोखरा । 

एक हप्ता भन्दा अघि देखि पोखरामा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह र नेकपाका प्रवत्ता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठबीच पोखरामा भेट भएको छ । मंगलबार पोखराबाट काठमाडौँका लागि उँडान भर्ने अन्तिम जहाजमा काठमाडौँ जान लागेका श्रेष्ठ र आफ्ना बुहारी हिमानी र नातीनातीनीहरुलाई लिन पोखरा विमानस्थल पुगेका शाहबीच जम्कभेट भएको हो ।

आइएमई लिटरेचर फेस्टीभलको अबको नेतृत्व कस्तो र कस्को ? भन्ने सेसनमा सहभागि भएर श्रेष्ठ काठमाडौँ फर्कनलाग्दा विमानस्थलको भिआइपी कक्षमा प्रवेश गर्नै लाग्दा पूर्वराजालाई पनि त्यहीँ भेटेका हुन् । विमान स्थल स्रोतका अनुसार नारायणकाजीलाई देख्ने वित्तिकै विमानस्थलको भिआइपी कक्षमा बसीरहेका शाहले उठेर नमस्कार गरे । उसो त, बिमानस्थल पुग्ने वित्तिकै नारायणकाजीलाई प्रहरीले पूर्वराजा पनि विमानस्थल परिसरमै रहेको बताएका थिए । राजा भीआइपी कक्षमा रहेको थाहा पाएपछि एउटै कार्यक्रममा सहभागि भएर काठमाडौँ फर्कन लागेका कांग्रेस नेता गगन थापा भने बाहिरै बसेर जहाज पर्खिए ।

Batas

नारायणकाजी श्रेष्ठको स्रोतका अनुसार राजाले उनलाई हालखबर केछ भनेर सोधेका थिए । जवाफमा श्रेष्ठले भने, ‘मेरो ठिकै छ, बैठकहरु चलिरहेका छन, कार्यक्रमहरुमा जाने आउने भइरहेको छ ।’ उता श्रेष्ठले पनि राजालाई सोधे तपाइँको के छ ? राजाले जवाफमा भने, ‘मलाई मनिषा कोइरालाले हालै ल्याउनु भएको पुस्तक हिल्ड उपहार दिनु भएको छ । म अहिले मनिषा कोइरालाको पुस्तक पढिरहेको छु ।’

राजाले श्रेष्ठलाई गुनासो पनि गरे । ‘पोखरा–काठमाडौँको सडक मार्ग साह्रै खराब भएकोले नचाहेर पनि जहाज चढेर पोखरा आउनु परेको छ । बाटोको थुप्रो सौन्दर्य हेर्न पाइएन’ राजा निकट स्रोतले जानकारी दियो । यस अघि पूर्व राजा र रानी मात्रै पोखरा आएर पोखरामा हालसालै निर्माण भएको माउण्ट ग्लोरी रिसोर्टमा २४ वटा कोठाहरु बुकिङ गरेर बस्दै आएका थिए ।

पूर्व राजा अंग्रेजी नयाँ वर्ष पोखरामा मै मनाउने भन्दै पोखरामा छन् । नितान्त पारिवारीक भ्रमण बताएका पूर्वराजाले पोखरामा विभिन्न पूजाआजा र राजा निकटका नेता तथा कार्यकर्ता समेत भेटघाटमा समय विताएका छन् । केही दिन अघि मात्रै पूर्व राजाले पोखरामै रहेको विन्ध्यावासीनी मन्दीरमा गएर पुजाआजा गरेका थिए । स्रोतका अनुसार पूर्व यूवराज पारस शाह पनि पोखरा आउने सम्भावना छ ।

फाेटाे सामाजीक सञ्जाल

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.