www.tandavnews.com
Fact ~ In search of truth

छाब्दी बाराही आमा समूहद्वारा भवन निर्माण

दमौली ।

तनहुँको भिमाद नगरपालिका–२ रघुस्थित छाब्दीबाराही आमा समूहको सक्रियतामा सामुदायिक भवन निर्माण गरिएको छ ।

चन्दा सङ्कलन, देउसीभैलो र जनश्रमदानबाट चार लाख ६० हजार रुपैयाँको लागतमा सामुदायिक भवन निर्माण गरिएको आमा समूहका अध्यक्ष देउमाया थापाले जानकारी दिए । भवन निर्माणपछि गाउँमा हुने कार्यक्रम, भेला, बैठक तथा आमा समूहको नियमित कार्यक्रमका लागि सहज भएको छ । उनले भन, “ओमा समूहको बैठक अरुको घरमा बस्नुपर्ने बाध्यता थियो ।”

Batas

आमा समूहले गाउँमा हुने विवाह, ब्रतबन्ध, पूजापाठ लगायतका कार्यक्रममा नाचगान गर्दै रकम सङ्कलन गर्दै आएको छ । मगर बस्तीको रुपमा चिनिएको उक्त ठाउँका महिलाले महिला सशक्तिकरण, सीपमूलक तालीम र घरेलु हिंसासम्बन्धी सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएका छन् । उक्त सामुदायिक भवनको मङ्गलबार नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले उद्घाटन गरे ।

विद्यार्थीलाई न्यानो कपडा

व्यास नगरपालिका–३ देउरालीनगरका बासिन्दा बाबुराम पुरीले बन्दीपुर गाउँपालिका–१ नाहाला र देवघाट गाउँपालिका–४ स्थित सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेका छन ।

जागौँ युवा नेपालको समन्वयमा पुरीले बन्दीपुर–१ स्थित जनता प्राविका ४७ तथा देवघाट गाउँपालिका–४ स्थित चम्कादेवी आधारभूत विद्यालयका २१ विद्यार्थीलाई स्वीटर र कापी कलम वितरण गरिएको हो । उक्त सामग्री बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले विद्यार्थीलाई हस्तान्तरण गरे । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.