www.tandavnews.com
Fact ~ In search of truth

माओको योगदान अविस्मरणीय : अध्यक्ष दाहाल

काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिनियाँ जनक्रान्तिका नेता माओत्से तुङको जन्मजयन्तीको अवसरमा एक शुभकामना सन्देश दिँदै श्रमजीवी जनताका लागि माओको योगदान अविस्मरणीय रहेको बताएका छन ।

उनले आज एक शुभकामना सन्देशमार्फत महान् नेता माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक राष्ट्र चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको प्रक्रियामा अगाडि बढाएको स्मरण गरे । माओले विकास गर्नुभएको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय रहेको बताएका छन् । रासस

 

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.