www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जाका पूर्व सभापति अधिकारीको निधन

वालिङ ।

जिल्ला विकास समिति स्याङ्जाका पहिलो सभापति शिवकुमार अधिकारीको निधन भएको छ ।

२०४९ सालमा स्याङ्जा जिल्लाको पहिलो जिविस सभापति भएका अधिकारी ब्रेन ट्युमरबाट ग्रसित रहेका थिए । प्रजातन्त्र सेनानी अधिकारीको मङ्गलबार काठमाडौँमा ७८ वर्षको उमेरमा निधन भएको हो ।

२०१७ सालदेखि नेपाली राजनीतिमा सक्रिय रहनुभएका अधिकारी पटकपटक पक्राउ परी जेल जीवन बिताएका थिए । नेता अधिकारी नेपाली काङ्ग्रेसको महासमिति, महाधिवेशन प्रतिनिधि तथा काङ्ग्रेस स्याङ्जाको सचिव भएर राजनीतिमा सक्रिय थिए । स्व अधिकारीको आज स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रामनदीधामस्थित राम्दीमा अन्त्येष्टि गरिँदै छ । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.