www.tandavnews.com
Fact ~ In search of truth

जिउँदो लाटोकोसेरोसहित दुई पक्राउ

काठमाडौँ ।

संरक्षित पक्षी लाटोकोसेरो ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र डिभिजन वन कार्यालय काठमाडौँबाट खटिएको संयुक्त टोलीले काठमाडौँ महानगरपालिका–३१ दीर्घशान्ति टोलबाट उनीहरुलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा खोजी गर्दा जीउँदो लाटोकोसेरोसहित उनीहरु फेला परेका हुन् ।

पक्राउ पर्नेमा भोजपुर षडानन्द नगरपालिका–१२ बस्ने नकुल तामाङ र सर्लाहीको साविक नारायणखोला गाविस–४ घर भई हाल काठमाडौँ महानगरपालिका–३१ दीर्घशान्ति टोल बस्ने रङ्गबहादुर ब्लोन रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

अवैध रुपमा खरिद बिक्रीका लागि ओसारपसार गरी ल्याएको अवस्थामा सोमबार उनीहरुको साथबाट संरक्षित पंक्षी लाटोकोसेरोको समेत उद्धार गरिएको छ ।

अवैध कार्यमा संलग्न उनीहरुलाई डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको प्रहरी उपरीक्षक चतुर्वेदीले जानकारी दिए । उनीहरु विरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार मुद्दा अगाडि बढाइएको छ । रासस

सांकेतिक तस्बिर : गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.