www.tandavnews.com
Fact ~ In search of truth

गोरखामा एक मृत फेला,म्याग्दीमा भिरबाट खस्दा एकको ज्यान गयो

पोखरा ,
ताण्डव न्यूज ।

म्याग्दीको रघुगंगा गाउँपालीका –४ दर्मिजामा भिरबाट खस्दा एक पुरुषको ज्यान गएको छ ।

भिरबाट झण्डै १२ सय मिटर तल खसेका अन्दाजी ३२ वर्षका पुरुषको नाम ,थर ,वतन खुल्न नसकेको ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

यसैबीच गोखरामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । भिमसेन गाउँपालिका –५ हर्रा पानि स्थित गोरखा आरुघाट सडक अण्डको किनारमा अन्दाजी ३० वर्षीया लाल बहादुर महता मृत फेला परेका हुन्।
कन्चनपुर कृष्णनगरपालिका –२ खल्लागोठ घर भई हाल गोरखामा रहेको तामाङ कन्ट्रक्सनमा एक महिना देखि ज्यामी काम गर्दै आएका महता मृत अवस्थामा फेला परेको ४ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले पुष्टि गरेका छन् ।

दुवै घटना सम्बन्धि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.