www.tandavnews.com
Fact ~ In search of truth

महोत्सवमा गुणस्तरको खाँचो

स्वच्छ, सफा र सुन्दर नामले परिचित पोखरा पर्यटनको मुख्य गन्तव्य हो । पोखराको सुन्दरलाई थप सुन्दर र आकर्षण बनाउनका लागि पोखरामा हुने मेला महोत्सवले पनि ठूलै भूमिका खेलेको पाइन्छ ।

महोत्सवको सिजन तिहार सकिएसँगै हुने गर्दछ । यो पटक उद्योग वाणिज्य संघले महोत्सवको ढोका खोल्यो । सधैंजसो राष्ट्रिय औद्योगिक व्यापार मेला भनेर गरिएको महोत्सव विगत केही वर्ष यता नाम परिवर्तन गर्दा मार खानु परेको छ ।

यो पटक ‘सफल एक्स्पो तथा तेस्रो मोवाइल मेला’ भनेर नयाँबजार पोखरामा मंसिर १३ देखि २४ गतेसम्म भयो । उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सवमा औद्योगिक वस्तुको स्टल नहुँदा उति सारो सोचे जस्तो हुन सकेन् ।

Batas

अंग्रेजी नयाँ वर्षको अवसरमा लेकसाइड महोत्सवमय बन्छ । रेष्टुरेण्ट एण्ड बार एसोसियसन अफ नेपाल (रेवान) नयाँ वर्षलाई स्वागत र पूरानो वर्षलाई विदाइ गर्दै सडकमा महोत्सव हुँदै आइरहेको छ ।

युनाइटेड क्लबले पनि ‘पोखरा महोत्सव’ नाम दिएर प्रत्येक वर्ष अमरसिंहको चौरमा महोत्सव आयोजना गर्दै आएको छ । ७ तालको नगरी लेखनाथमा पनि वर्सेनि महोत्सव हुँदै आएको छ ।

लेखनाथ महोत्सवलाई महोत्सवको पनि महोत्सव भनेर चिन्ने गरिन्छ । करिब १० वर्षपछि जनकल्याण युवा क्लबले काहुँ धरहरा महोत्सव आयोजना निरन्तरा दिने प्रयास गरेको छ ।

यसरी हप्तैपिच्छे मेला महोत्सव हुँदा यसको गुणस्तर कस्तो रहँदा अर्को गर्दैै पोखरामा महोत्सव हुने गर्दछन् । पोखरालाई सांस्कृतिकमय र पर्यटकीय नगरीको रुपमा चिनाउनका लागि मेला महोत्सवले ठूलो योगदान गरेका छन् ।

मेला महोत्सव रमाइलो र मनोरञ्जनका लागि मात्र नहेरी यसबाट के विकास गर्न सकिन्छ भन्ने विषयमा मनन गर्नु पर्ने देखिन्छ । महोत्सवको स्वरुप फेरिन आवश्यक छ । होइन भने २०/२५ जना दर्शकको माझमा महोत्सव सञ्चालन गर्नुपर्ने दिन नआउला भन्न सकिँदैन् ।

कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएका मेलामहोत्सवले आजकल बाह्य त परको कुरा आन्तरिक दर्शक पनि पाउन छोडेको छ । विभिन्न नाम राखेर महोत्सव गर्दा यसको गुणस्तर खस्किएको छर्लंग देखिन थालेको छ ।

महोत्सवले कृषिका सामान, विज्ञानप्रविधिका कुरा, उद्योगका सामान, अर्गानिक खानेकुरालाई समावेश गराउनुपर्छ । अहिले टोल–टोलमा महोत्सव हुन थालेका छन् ।

जुन महोत्सव गएपनि एउटै देख्न थालेपछि महोत्सवको क्वालिटी कम हुँदै गएको छ । अव्यवस्थित महोत्सवले कलाकारलाई राम्रै गरे पनि गुणस्तरमा ह्रास आएकै छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.