www.tandavnews.com
Fact ~ In search of truth

रुपाताल संरक्षण गर्न खोज्दा स्थानीय मर्कामा !

विनिता सुनार
पाेखरा, ताण्डव न्यूज । 

रुपतालको संरक्षण गर्ने भन्दै जग्गा अधिग्रहण गर्दा स्थानीय बासिन्दा मर्कामा परेका छन् ।

रुपताल संरक्षण एकिकृत विकास आयोजनाका प्रस्तावक रुपाताल संरक्षण एकीकृत, विकास आयोजनालाई अगाडि बढाउँदा ६७.५ हेक्टर जग्गा अधिग्रहण गर्दा १५ घर धुरी विस्थापित हुनेछन् ।

Batas

प्रस्तावित आयोजनाले रुपातालको अवस्थित जल स्तर ६२० मि उचाई सम्ममा व्यवस्थापन गर्नेछ । जसले गर्दा ६०.९ हेक्टर जमिनलाई क्षति पुग्नेछ । जग्गा अधिग्रहण हुदाँ उचित मुआब्जा नपाएकाले स्थानीयहरुले गुनासो गरेका छन् ।

बुधबार रुपा गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै शिवराज अधिकारीले कुनै सम्झौता नगरी आफ्नै तरिकाले जग्गा अधिग्रहण गर्न लागेको आरोप लगाए ।

रुपाताल संरक्षणको लागि तटीय बाध निर्माण गर्दा कति क्षेत्र पानिले ओगट्ने हो भन्ने कुराको समेत निचोड आयोजनासँग नरहेको देवेन्द्र कुमार गुरुङले उल्लेख गरे ।

‘रुपातालको संरक्षण गर्ने क्रममा स्थानियलाई निकै मर्का परेको छ, उनीहरुले जति पाउनुपर्ने हो त्यो पाएका छैनन् । त्यसका लागि हामिले गर्न सक्ने गरेको छौँ ‘ रुपागाउँपालिका अध्यक्ष नवराज ओझाले भने ।

ओझाले रुपातालको संरक्षण गर्न पिडितहरु नै सकारात्मक देखिएको बताउँदै रोजगारको लागि पिडितलाई पहिलो प्राथमिकता दिन आग्रह गरे । मुआब्जा दिन नसकेपनि जनतालाई विकास दिनुपर्ने अध्यक्षले जोड दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.