www.tandavnews.com
Fact ~ In search of truth

रुपा गाउँपालिका जाउँ, महायज्ञमा पुण्य कमाऔँ

पोखरा,
ताण्डव न्यूज ।

पृथ्वी रुपा माध्यमिक विद्यालय परिवार एवमं श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मुल समारोह समितिको आयोजनामा श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ–२०७५ को आयोजना हुने भएको छ ।
पुष १९ गतेदेखि पुष २७ गतेसम्म महायज्ञ हुन लागेकोे हो । कृषि, मत्स्यपालन, सिमसार र जैविक विविधता प्राविधिक विषयहरुबाट कुनै एक विषयमा पढाई सञ्चालन गर्ने योजनामा महायज्ञको आयोजना गरिएको महायज्ञ संयोजक गोविन्द प्रसाई पंगेनीले बताए ।

‘वर्तमान समयमा वातावरणीय शिक्षाको ज्ञान लिन आवश्यक परेको छ,’ उनले भने, ‘त्यससँगै महायज्ञबाट विद्यालयको भौतिक संरचना निर्माण गर्ने योजना समेत रहेको छ ।’
पृथ्वी रुपा मावि रुपातालको नजिक भएको कारणले प्राविधिक विषयलाई लिएर कृषि प्राविधिक सँगै माग र समय अनुसारको अंग्रजी माध्यबाट कक्षा सञ्चालन गर्ने लगायतका विविध योजनाहरु रहेको भद्रबहादुर सुयेलले जानकारी दिए ।

शिरोमणी पण्डित दिपकप्रसाद पौडेलको मुखारवृन्दबाट संगीतमय कथा प्रवचन बाचन हुने प्रअ महादेव सुवेदीले जानकारी दिए । ९ दिनसम्म हुने महायज्ञबाट डेढ देखि २ करोडको अपेक्षा रहेको आयोजकले जनाए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.