www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश सभामा सपथ खान पाउँ भन्दै दिपक मनाङेको निबेदन

पोखरा
ताण्डव न्यूज ।

गुण्डा नाइके राजीब गुरुङ (दिपक मनाङे) ले गण्डकी प्रदेश सभामा सपथ खान पाउँ भन्दै बिहीबार निबेदन दिएका छन् ।
बिहीबार मध्यान्ह १२ बजे तिर सेतो स्कारपियोमा संसद सचिवालय प्रांगणमा पुगेका मनाङे आफु नगई आफ्ना प्रतिनीधीलाई आफ्नो निबेदन दिएर प्रशासनमा पठाएका थिए । उनको निबेदन १८६ नम्बरमा दर्ता भएको छ ।

उनले सपथको लागि निबेदन दिएपनि छिटै सपथ हुनेवाला छैन । उनी थुनामुत्त भएपनि उनी विरुद्धको मुद्धाको फैसला नभइसकेकोले उनले सपथ खान पाउँदैनन् ।

Batas

उनको सपथ हुने नहुने विषयमा सभामुख नेत्रनाथ अधिकारीले पनि कानुन बमोजिम हुने बताए । ‘कानुन भन्दा बाहिर हामी जान सक्दैनौँ,’ उनले भने, ‘मैले उहाँलाई पनि यहि भनेको छु काुननले रोक्यो भने रोकिन्छ । नत्र रोकिँदैन । हामी परामर्शमा छौँ ।’

अहिले मनाङ प्रदेशसभा ख प्रदेशसभा सदस्य विहिन रहेको छ । चुनाबमा निर्वाचित भएपनि राजीव गुरुङ (दिपक मनाङे) सपथ लिनै नपाई विभिन्न अभियोगमा जेल गएपछि मनाङ प्रदेशसभा ख जनप्रतिनिधिविहीन भएको हो । मनाङे कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहरिएपछि जेल चलान भएका थिए । तर, उनी हालै जेलमुत्त भने भएका हुन ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.