www.tandavnews.com
Fact ~ In search of truth

लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन

भक्तपुर ।

बिरामी भएर घरमै थला परेका लोकगायक बुद्धिकृष्ण लामिछानेको आज मध्याह्न ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ ।

चाँगुनारायण नगरपालिका– ७ स्थित आफ्नै निवासमा लामो समयदेखि पक्षाघातलगायत विभिन्न रोगले थलिएका लामिछानेको निधन भएको उनकी छोरी सम्झनाले जानकारी दिइन ।

Batas

‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर’।।।, ‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’।।।, ‘फाटेको दौरा लाएर, खोले सिस्नु खाएर’।।।।जस्ता जीवन्त गीतका गायक लामिछानेको पछिल्लो समय निमोनियाको समेत उपचार भइरहेको थियो । उनका श्रीमती, दुई छोरा र तीन छोरी छन् । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.