www.tandavnews.com
Fact ~ In search of truth

मस्र्याङ्दीको विद्युत् उत्पादन घट्यो

दमौली ।

उनानसत्तरी मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेको छ । सुख्खायाम लागेका कारण तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको उक्त आयोजनाको विद्युत् उत्पादन घटेको हो ।

आयोजनाका प्रमुख बद्रीप्रसाद फुँयालले आयोजनाबाट हाल ४० मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको जानकारी दिए । उनले भने, “सुख्खायाम लागेसँगै नदीमा पानीको बहाव कम भएकाले विद्युत् उत्पादन घटेको छ ।”

आयोजना प्रमुख फुँयालका अनुसार कात्तिक महीनाको दोस्रो साताबाट विद्युत् उत्पादन कम हुनथालेको हो । आयोजनामा २३÷२३ मेगावाट क्षमताको तीन टर्वाइन रहे पनि ४० मेगावाट मात्रै विद्युत् उत्पादन भएको छ ।

‘रन टु रिभर’ भएका कारणले नदीमा पानीको बहाव कम हुने बित्तिकै विद्युत् उत्पादन क्षमतामा कमी आउने तर जलाशययुक्त आयोजनामा भने जुनसुकै समयमा पनि समस्या नहुने उनको भनाइ थियो ।

आयोजनाबाट विद्युत् उत्पादन यथावत हुन वैशाख महीनाको अन्तिमसम्म लाग्ने जनाइएको छ । फागुन चैतमा वायुमण्डलको तापक्रम बढेर हिमाल पग्लिएपछि पानीको बहाव बढेर विद्युत् उत्पादनमा वृद्धि आउने आयोजना प्रमुख फुँयालले बताउए ।

उनले भने, “वैशाखको अन्तिमदेखि जेठको पहिलो साताबाट मात्रै कूल क्षमता बमोजिमको विद्युत् उत्पादन हुनेछ ।” उक्त आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँस्थित स्युचाटार र चितवनको भरतपुर शवस्टेशनबाट केन्द्रीय प्रसारणमा जोडिएको छ । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.