www.tandavnews.com
Fact ~ In search of truth

तपस्वी बमजनमाथि गृहले थाल्यो अनुसन्धान

पोखरा ,
ताण्डव न्यूज ।

विवादमा तानिदै आएका तपस्वी रामबहादुर बमजन माथि गृह मन्त्रालयले अनुसन्धान सुरु गरेको छ ।

आफ्नै अनुयायी माथि बलात्कार ,हत्या हिंसा ,धम्की दिने गरेको आरोप लाग्दै आएका बमजनको आश्रमबाट फेरि केही अनुयायी हराएपछि गृहले उनीमाथि अनुसन्धान थालेको हो । उनको सिन्धुपाल्चोक ,सिन्धुली र बाराका आश्रमबाट दुई युवती सहित चार अनुयायी गायब भएका हुन् ।

मन्त्रालयले तपस्वी बमजनका पाँच जिल्लामा रहेका आश्रमलाई अनुसन्धानको घेरामा राखेर कारवाही अघि बढाएको छ ।हालसम्म तीन जिल्लामा दुई महिला र दुई पुरुष हराएको निवेदन परेको छ । निवेदन परेका जिल्लामा प्रहरीले आवश्यक अनुसन्धान र कारवाही गर्ने भएको छ ।

बमजनको आश्रमबाट २०६९ देखि २०७२ बीचमा चारजना जना बेपत्ता भएको निवेदन तीन जिल्लाका प्रहरी कार्यालयमा दर्ता भएको छ । बारामा सुरेश आलेमगर, मकवानपुरमा सन्चलाल वाईबा र फुलमाया रुम्बा ९पासाङ० र नुवाकोटमा चुल्मा र कर्मा भनेर बोलाइने चिनिमाया तामाङ हराएको भन्दै खोजिदिन आफन्तले निवेदन दिएका हुन्।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.