www.tandavnews.com
Fact ~ In search of truth

लेखनाथ पुरस्कार : नेपाली शिक्षा परिषद् देखि वसन्त कुमार सम्म

– डा. शुक्रराज अधिकारी

पिता दुर्गादत्त र माता वसुन्धराको कोखबाट वि.स. १९४१ साल पुस १५ गते जेष्ठ सुपुत्रको रूपमा लेखनाथ पौडेलको जन्म भएको थियो । हाल उक्त स्थान कविकै नामबाट स्थापित महानगरपालिका पोखरा लेखनाथ नगरपालिकाको वडा नं. २७ अन्र्तगत रहन गएकोे छ ।

कविशिरोमणिको जन्मस्थल आफैमा प्राकृतिक छटाले युक्त थियो । उत्तर तर्फको अन्नपूर्ण र माछापुच्छ्रे हिमश्रृखंलाको काखमा हरियाली जगंलयुक्त डाडा, दक्षिणतर्फ सफेद सेती नदीको प्रवाह एवं खाष्टे, मैदी,दीपागं,गुदे, रुपा र बेगनासताल लगायतका मनमोहक दृश्यले भरीभराउ थियो ।

त्यही रमणीय वतावरणमा रमाउदै लेखनाथको बाल्यकाल हुर्कदै गएको थियो । हिन्दु सास्कारिक परम्परा अनुसार पाँच बर्षको उमेरमा अक्षराम्भ गरेका लेखनाथलाई त्यहीबेला देखि नै गणेशस्तोत्र, अमरकोश, दुर्गा सप्तशती लगायतका शास्त्रहरुका संस्कृतका श्लोकहरु पढ्न थालेका थिए । कविशिरोमणिको पालामा घरगाउमानै बसेर औपचारिक शिक्षा लिने विद्यालयहरु थिएनन् ।

प्रारम्भिक तहको औपचारिक शिषाा लिनका पनि काठमाण्डौ नै पुग्नुपर्ने र उच्च शिषा हसिल गर्न त नेपाल बाहिर वनारस, कलकत्ता लगायतका ठाउहरुमा पुग्नुपर्ने हुन्थयो ।

प्रारम्भिक तहको औपचारिक शिषाा तीनधारा पाठशालाबाट प्राप्त गर्नुभएका कविशिरोमणिले उच्च शिक्षाको लागि भारतको वनारस पुग्नु भएको थियो । बनारसबाट मध्यमा तहको उच्चशिक्षा पुरा गर्नु भएका कविशिरोमणिको बौ४िक ब्यतित्व एबं संस्कृत भाषाको विशिष्टता भने औपचारिक डीग्रीको तुलनामा निकै उच्चरुपको थियो ।

सूक्तिसुधा, सुन्दरी र ‘माधवी’ लगायतका साहित्यिक पत्रिकाबाट कवि शिरोमणिको कवितायात्रा सुरु भएको थियो । संस्कृतका श्लोक भने समस्यापूर्तिको क्रममानै ‘सूक्तिसुधा’मा छापिइ सकेका थिए भने नेपाली भाषामा लेखिएका कविता “शृङ्गार पच्चीसी” र “मानसाकर्षिणी” शीर्षकमा ‘कविता कल्पद्रुम’मा वि.सं. २०६१–६२ तिर प्रकाशित भएका थिए ।

वि.सं. १९६९ मा ५ ओटा कविता लालित्य नामक कवि शिरोमणिको र चक्रपाणि चालिसेका कविता सहितको संयुक्त कविता सँगालोमा प्रकाशित भएका थिए । कविशिरोमणिले चक्रपाणि चालिसेसँग मिलेर “शिशुबोधिनी” नामक बाल साहित्यको पाठ्यपुस्तकको पनि निर्माण गर्नुभएको थियो ।

कविशिरोमणिको पहिलो सिङ्गो कृतिका रूपमा वि.सं. १९७० मा शोकप्रवाह प्रकाशित भएको थियो भनिन्छ तर उक्त कृति वर्तमानमा उपलब्ध छैन । १९७३ सालमा सिङ्गो पुस्तक ऋतुविचार प्रकाशित भएको थियो । वि.सं. १९७५ सालमा प्रकाशित चक्रपाणि चालिसेले लेखेको नेपाली संक्षिप्त भारतभित्र ‘गीतासार’ कविशिरोमणिले लेख्नुभएको थियो ।

‘गीतासार’ २०६१ सालमा छुट्टै पुस्तकका रूपमा पनि प्रकाशित भएको छ ।१९७६ सालमा उहाँको अर्को सिङ्गो पुस्तक ‘सत्यकलि संवाद’ प्रकाशित भएको थियो ।

त्यतिवेलाको निरकुंस जहाँनिया राणाशासनको राजनैतिक दमनले गर्दा कृतिहरु छाप्न छपाउन निकै कठिन थियो । ‘सत्यकलिसंवाद’मा राजनैतिक प्रसङ्गहरू आएकाले राजद्रोही भनेर २–३ पटक पोल हालिएको र थुन्न खोजिएको थियो तर चन्द्रशमशेरले निर्दोष ठहर्याएका कारण थुनिनु परेको थिएन भन्ने प्रसंग पनि पाईन्छ ।

१९९४ सालमा ‘लक्ष्मीपूजा’ नाटक, २००४ सालमा ‘पञ्चतन्त्र’का मित्रभेदको अनुवाद, १९९४ सालमा नैे सप्तप्रश्नात्मक बुद्धिविनोदको पहिलो विनोद, २००८ सालमा अमर ज्योतिको सत्यस्मृति प्रकाशित भएका थिए । २०१० सालमा कविता सँगालो ‘लालित्य’ प्रथम भाग र विशिष्ट काव्य ‘तरुणतपसी’ प्रकाशित भएको थियो ।

‘मेरोराम’ ‘रामयण सार’ २०११ सालमा प्रकाशित भयो भने कालिदासको ‘अभिज्ञान शाकुन्तलम्’ नाटकको अनुवाद २०१५ सालमा प्रकाशित भएको थियो । २०२० सालमा ‘भर्तृहरिनिर्वेद’ नामक संस्कृत नाटक र २०२५ सालमा ‘लालित्य’ भाग २ प्रकाशित भएको थियो ।

त्यसैगरी २०६१ सालमा ‘गंगा गौरी’ अपूर्ण (चक्रपाणि चालिसेको ‘नेपाली संक्षिप्त भारत भित्र’ रहेको गीतासार र ‘कविता’ पत्रिकामा छापिएका १ देखि ५ सर्गसम्मको ) महाकाव्य प्रकाशित भएको छ ।माथि उल्लेख गरिएका प्रमुख कृति बाहेक २०८६ मा गीताञ्जलि, २००२ मा त्याग र तपस्याको युगल प्रकाश नामक काव्य कृतिहरू पनि प्रकाशित भएका भनिए पनि हाल भेटिदैनन् ।

उनका काव्यहरुले नेपाली साहित्यको माध्यमिक काल र आधुनिक काललाई छोड्दै आधुनिक कालको सुत्रजपात गराएका छन् । उनका रचनाहरु आधुनिक जीवन जगतको मूल्यांकन शोषणप्रतिको विद्रोह, विश्व बन्धुत्वको परिचय एवं मानवतावादी सिद्धान्तले चुलिएका छन् ।

Lama collectio News Middle

उनका काव्यबारे जति लेख्दा पनि अपूरै हुन्छ । जीवनको उत्तराद्र्धमा आफ्ूmलाई मनपर्ने कृति जमाउन नसकेको असन्तोष भाव व्यक्त गर्ने लेखनाथले तरुण तपसीलाई अन्य सिर्जनाभन्दा बढी मन पराएको भाव व्यक्त गरेको पाइन्छ ।

आधा शताब्दी सम्म सहित्य साधनामा जीवन व्यतित गर्नुभएका लेखनाथलाई २००८ सालमा राजा श्री ५ त्रिभुवनबाट कवि शिरोमणिको उपाधि प्रदान गरियो भने २०११ सालमा नेपाली शिक्षा परिषद्का आयोजनामा रथारोहण यात्रासहित अभिनन्दन गरिएको थियो । तत्कालिन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला सहित सबै मन्त्री कर्मचारी र साहित्यकार तथा समाजसेवीहरूले कवि शिरोमणि चढेको रथ तानेका थिए ।

रथयात्रा सहितको अभिनन्दन नेपाली साहित्यका साधकलाई गरिएको पहिलो अभिनन्दन थियो । कवि शिरोमणिलाई २०१४ सालमा नेपाल प्रज्ञा प्रतिष्ठान (तत्काली नेपाल रोयल एकेडेमी)को सदस्यमा पनि मनोनयन गरियो भने २०१९ सालमा उहाँको नामबाट हुलाक टिकट पनि प्रकाशित गरिएको थियो मरणोपरान्त २०२६ सालमा त्रिभुवन प्रज्ञा पुरस्कारबाटपनि उहाँ सम्मनित हनुभएको छ ।

८१ वर्षको जीवन व्यतित गरेका लेखनाथमा राष्ट्रियताप्रति अघात माया भेटिन्छ । २०२२ सालमा बनारस जाँदा बिरामी परेपछि मर्ने बेला विदेश जान्न, म आफ्नै देशमा मर्छु, नेपालकै माटोमा मर्छु’ भनी फर्किएर देवघाट आइबसेको सन्दर्भ पाइन्छ । त्यही वर्ष २०२२ साल फागुन ७ गतेका दिन उनको देहावसान भएको थियो ।

२०५३ सालमा नेपाल सरकारले थप नगरपालिकाहरु निर्माण गर्ने क्रममा लेखनाथको जन्मस्थल रहेको ठाउँलाई समेट्दै लेखनाथ नगरपालिकाको गठन भयो । यो नेपालका साहित्यिक विभूतिहरुको नामबाट नामकरण भएको पहिलो नगरपालिका थियो ।

साहित्यिक नामबाट गठित यस नगरपालिकालाई साहित्यिक एवं सांस्कृतिक नगरपालिकाको रुपमा विकास गर्न सहयोग पु¥याउने, कविको जन्मस्थल अघौं अर्चलेलाई साहित्यिक पर्यटनस्थलको रुपमा विकास गर्न, लेखनाथका कृतिहरुको चर्चा एवं नेपाली साहित्य तथा संस्कृतिका अध्येतालाई सम्मान गर्ने हेतुले २०५५ सालमा भदौ २७ गतेका दिन यसै पंिक्तकार शुक्रराज अधिकारी, रविलाल अधिकारी, शालिग्राम पौडेल, कृष्ण वास्तोला, पदमराज ढकाल, मदन भण्डारी, विश्व शाक्य लगायतका साहित्यकहरुको अगुवाईमा लेखनाथ साहित्य प्रतिष्ठान नेपालको स्थापना गरिएको थियो ।त्यसैको पहलमा जन्मस्थललाई साहित्यिक पर्यटनस्थलको रुपमा स्थापित गराउने पहल सुरु भयो ।

फलस्वरुप १९ वर्षको यात्रामा त्यहाँ पुग्ने बाटोको आधुनिकीकरण, लेखनाथ संग्रालय स्थापना जस्ता कार्य हँुदै आएका छन् । अबका दिनमा यसलाई साहित्यक धाम बनाउन पोखरा लेखनाथ महानगरले अबस्यनै आफ्नो दायित्व सम्झने छ ।

२०६४ सालबाट लेखनाथ साहित्य पुरस्कार स्थापना गर्ने पहल सुरु भयो । त्यसका बारेमा लेखनाथकी कान्छी छोरी कुन्तीदेवी भट्टाराईको परिवार (कुन्तीदेवी आफंै कवियत्री पनि हुन) विशेष गरी कुन्तीदेवीकी माइली छोरी डा. प्रतिभा पाण्डेसँग यस पंक्तिकारले गरेको प्रस्ताव बमोजिम २०६६ सालमा लेखनाथ साहित्य पुरस्कार अक्षयकोशको स्थापना गरी २०६७ देखि हरेक लेखनाथ जयन्तीमा लेखनाथ साहित्य पुरस्कार प्रदान गरिँदै आएको छ ।

उक्त अक्षयकोश स्थापना गर्न कुन्तीदेवीका छोराहरु– विजयनाथ भट्टाराई, प्रकाशनाथ भट्टाराई, विनयनाथ भट्टाराई, छोरीहरु डा. प्रतिभा पाण्डे, सुधा खकुरेल, शशि पौडेलको विशेष योगदान छ । त्यस सँगै कुन्तीदेवी शिक्षा पुरस्कारका लागि पनि अक्षयकोश थप गरी लेखनाथ नपाका सामुदायिक विद्यालयमध्येबाट प्रवेशिकामा प्रथम छात्रालाई कुन्तीदेवी शिक्षा पुरस्कार प्रदान गरिँदै आएको छ ।

यसै पंतिmकार शुक्रराज अधिकारीको संयोजकत्वमा गठित प्रा डा रविलाल अधिकारी, डा प्रतिभा पान्डे, रमा शर्मा र कृष्ण प्रसाद पौडेल सदस्य रहेको प्रतिभा छनोट समितिले २०७५ सालको लेखनाथ साहित्य पुरस्कारबाट बरिष्ठ साहित्यकार तथा भाषविद वसन्त कुमार शम्र्मालाई सम्मान गर्न शिफारिस गरेको छ ।

पुस १५ गते १३५ औं लेखनाथ जयन्तीको अवसरमा लेखनाथको जन्मस्थल अर्चलेमा विविध साहित्यिक कार्यक्रम बीच रु पचास हजार राशि र ताम्रपत्र सहित लेखनाथ पुरस्कार वितरण गरिदै छ ।

लेखनाथ साहित्य पुरस्कारबाट पहिलो पटक २०६७ सालमा कवि शिरोमणिको रथयात्राको आयोजना गर्ने संस्था नेपाली शिक्षा परिषद् सम्मानित भएको छ भने दोस्रो वर्ष २०६८ मा लेखनाथ साहित्य पुरस्कारबाट लेखनाथका बारेमा अनुसन्धान गर्ने विद्वान प्रा.डा वासुदेव त्रिपाठी सम्मानित भएका छन् ।

त्यसै गरी तेस्रोपटक पूर्वीय वाङ्मयका साधक मदनमणि दीक्षित सम्मानित भए भने चौथोपटक जनकवि केशरी धर्मराज थापा र पाँचौंपटक पूर्वीय वाङ्मय साधक मोदनाथ प्रश्रित छैटौ पटक कवि मुकुन्दशरण उपाध्याय र सातौ पटक भाषविद वालाकृष्ण पोखरेल र सस्कृतिविद जगमान गुरुड सम्मानित भइसकेका छन् ।

(अधिकारी लेखनाथ साहित्य प्रतिष्ठानका संस्थापक सचिव, निवर्तमान अध्यक्ष तथा लेखनाथ पुरस्कार अक्षय कोश सञ्चालक समितिका अध्यक्ष हुनुहुन्छ )

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop