www.tandavnews.com
Fact ~ In search of truth

पाँचथरका विभिन्न स्थानमा हिमपात

हिलिहाङ ।

पूर्वी पहाडी जिल्ला पाँचथरको विभिन्न स्थानमा हिमपात भएको छ । हिमपातबाट त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

पाँचथरको मेची राजमार्गअन्तर्गत पौवा भञ्याङ, राँके, लालीखर्क, कान्छीदोनकान लगायतका स्थानमा हिउँ परेको छ । त्यस क्षेत्रमा डेढ फिट बाक्लो हिउँ परेको छ । हिउँ परेपछि त्यस ठाउँका स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन् । सडकमा हिमपात भएपछि सवारीसाधन समेत चिप्लेर दुर्घटनाको जोखिम बढेको छ । हिमपातपछि चिसो बढेसँगै बालबालिका र वृद्धवृद्धालाई बढी समस्या भएको छ ।

Batas

जिल्लाको माथिल्लो भेग मेमेङ, प्राङबुङ, सिदिनलगायतका स्थानमा समेत हिमपात भएको स्थानीयवासीले बताएका छन् । कहिल्यै हिउँ नपर्ने स्थान पाँचथरको घुर्विसे पञ्चमीमा समेत हिउँ परेपछि त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको स्थानीयवासी सुजन चेम्जोङले बताए  ।

हिउँ परेपछि त्यस क्षेत्र हिउँ खेल्ने स्थानीय पर्यटकको घुइँचो लागेको छ । सदरमुकाम फिदिम बजारका स्थानीयवासी पौवाभन्ज्याङ, सुकेपोखरी, साँधुटार लगायतका स्थानमा हिउँ खेल्ने गर्छन् । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.