www.tandavnews.com
Fact ~ In search of truth

लेखनाथ महोत्सवमा दर्शकको चाप

लेखनाथ ।

कास्कीको लेखनाथमा जारी १५ औं लेखनाथ महोत्सवमा दिनदिनै दर्शकको घुँइचो लागेको छ । हिजो शनिवार थामी नसक्नु दर्शकको भीड लागेको थियो ।

मध्यान्ह देखि महोत्सव स्थलमा दर्शकको चाप बढेपछि आयोजकहरुलाई ब्यवस्थापन गर्न हम्मेहम्मे परेको देखिन्थ्यो भने आयोजहरुले थप टिकट काउण्टरको ब्यवस्थापन गर्दै हात हातमा टिकट लिएर आफै टिकट विक्रीका लागी खटेका थिए ।

महोत्सवको १० औं दिन शनिवार परेकोले स्कुले विद्यार्थीहरु अभिभावक सहित आउनेको बाक्लो उपस्थितिले महोत्सव स्थलमा अन्य दिनको तुलनामा दर्शकको चाप बढेको हो ।

Lama collectio News Middle

शनिवार विभिन्न काउण्टरबाट विक्रि भएका टिकट समेत गरी करीव ५० हजार दर्शकले मेलाको अवलोकन गरेको र हालसम्म तीन लाख बढी दर्शकले मेलाको अवलोकन गरिसकेका आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघका महासचिव भरतकुमार अधिकारीको दावी रहेको छ ।

दर्शकको चाप सगसगै आर्थिक कारोवारमा पनि बृद्धि भई शनिवार मात्र दुई करोड पचास लाख बरावरको आर्थिक कारोवार भएको र हालसम्म करिव १५ करोड वरावरको कारोवर भईसकेको संघका कोषाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिएका छन् ।

महोत्सवको थप आकर्षणका रुपमा रहेको विद्यालय स्तरिय एकल नृत्य प्रतियोगितामा फाईनलका लागि छनोट भएका नौ प्रतिस्पर्धी मध्ये बालप्रभात बोडिङ स्कुलकी बर्षा क्षेत्रीले प्रथम स्थान हासिल गर्न सफल भएकी छन् भने जुनियर सिटिजन्स्की समृद्धि पाण्डे द्धितीय, डायमण्ड मा.वि. की सिमरन गुरुङ तृतिय, युनिभर्स बोडिङ स्कुलकी प्रिती गुरुङ र डायमण्ड मोडेलकी मेरिजन गुरुङ सान्त्वना भएको प्रतियोगिताका संयोजक उपेन्द्रराज सुवेदीले जानकारी दिएका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery